Aamsanchar

अझै खुलेन पासाङल्हामु राजमार्ग

Author Image
सोमवार, भदौ ४, २०७५

नुवाकोट, 

विदुर नगरपालिकास्थित गेर्खुखोलाको पुल बाढीले भत्काएपछि अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालन गर्न अस्थायी डाइभर्सन बनाउने काम धमाधम भइरहेकोले मङ्गलबारसम्म सञ्चालन हुन सक्ने भएको छ ।

पुल भत्केपछि खोलाबाट अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गराउन काम भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताउनुभयो । विदुर–१ र १० जोड्ने गेर्खुखोलाको पुल आइतबार बिहान बाढीले भत्काएको थियो ।

छिमेक जिल्ला रसुवा जाने वैकल्पिक सडक पनि नुवाकोटको मनकामनामा पहिराले अवरुद्ध गरेकाले दर्जनौंँ सवारीसाधन रोकिएको छ । पुल भत्किएपछि गोसाइँकुण्ड जनैपूर्णिमा मेलाका तीर्थयात्री प्रभावित भएका छन् । तीर्थयात्री पुल पारि अर्को सवारीसाधन परिवर्तन गरी गन्तव्यतर्फ गइरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर