Aamsanchar

नछुटाई पढ्नुहोस् – बुद्धका केहि त्यस्ता वाणीहरु, जसले तपाईको जीवनमा आमुल परिवर्तन ल्याईदिन सक्छ

Author Image
बुधवार, भदौ ६, २०७५

 संसारका मानव जातिका आदर्श पुरुष गौतम बुद्धका अरबौं अनुयायीहरु रहेका छन् । आज भन्दा झण्डै २६ सय वर्ष पहिले नेपालको कपिलबस्तु जिल्लाको तिलौराकोटमा जन्मिएका थिए गौतम बुद्ध । उनका कालजयी वाणीहरु छन् जसलाई पढेर र बुझेर हामीले हाम्रो जीवनको बाटो बदल्न सक्छौं । सोच्ने तरिकाको कसीमा हामी कहाँ छौं हाम्रो अवस्था पनि स्पष्ट हुन्छ । यहाँ गौतम बुद्धका चर्चित २४ भनाईहरु प्रस्तुत गरिएको छ

१) शान्ति आफैं भित्रबाट आउँदछ । यसलाई बाहिर नखोज ।

२) हामी जे सोच्दछौ उही बन्दछौं ।

३) यदी आफैंलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौ ।

४) आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।

५) उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

६) त्यही व्यक्ति धार्मिक हो जसले अरुका निम्ति त्याग गर्न सक्छ ।

७) बितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

८) लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

९) यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतः उपस्थित हुन्छ ।

१०) हामी आफ्नो रिसका लागि होइन रिसद्वारा दण्डित हुन्छौं ।

११) घृणा घृणाद्वारा घट्दैन बल्कि यो प्रेमद्वारा घट्दछ, यो शास्वत नियम हो ।

१२) हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौं, त्यही बन्दछौं ।

१३) जो मानिस अर्काको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ति मिल्दैन ।

१४) हाम्रो बाटो आकाशतर्फ होइन, आफ्नै हृदयतर्फ हुनुपर्दछ ।

१५) मैले यो हेर्दिन कि के(के गरिसकेँ, मैले यो हेर्दछु कि के(के गर्न बाँकी छ ।

१६) हजार खोक्रा शब्दहरूभन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ ।

१७) जिब्रो एउटा त्यस्तो छुरी हो जसले रगत ननिकाली काट्न सक्छ ।

१८) विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाउ ।

१९) एउटा पूरै गाग्री थोपा थोपा पानीले भरिने हो ।

२0) हज्जारौं मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाँढ्दा बढ्ने गर्छ ।

२१) स्वास्थ्य सबैभन्दा महान् उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।

२२) हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिँदैन न त परीद्वारा न त प्रेतद्वारा ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर