Aamsanchar

प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन

Author Image
बुधवार, भदौ ६, २०७५

भद्रपुर। 

गृहजिल्ला झापाको गौरादहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई नागरिक अभिनन्दन गरिएको छ ।

प्रधानमन्त्री बनेपछि दोस्रो पटक गृहजिल्ला आउनुभएका ओलीलाई नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नं ५ ले आयोजना गरेको कार्यक्रममा गौरादह नगरपालिका र स्थानीय सङ्घसंस्थाद्वारा नागरिक अभिनन्दन गरिएको हो ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतलगायतको सहभागिता छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर