Aamsanchar

कन्दङ्वाको ‘एक जुवा घाम’

Author Image
आइतवार, भदौ १०, २०७५

काठमाडौँ। 

इजरायलमा बसेर कविता सिर्जनाका साथसाथै साहित्य सेवा गरिरहेकी तेह्रथुमकी सुनिता राई कन्दङ्वा आफ्नो पहिलो कवितासङ्ग्रह ‘एक जुवा घाम’ लिएर आउनुभएको छ ।
सानैदेखि कविता लेखनमा अभिरुचि लिनुभएका उहाँका यसअघि विभिन्न पत्रपत्रिकामा फुटकर कविता प्रकाशन भएका थिए । सङ्ग्रहमा ‘एक जुवा घाम’, ‘एक जीवित आत्मा’, ‘आमाको पुकार’, ‘ढाँडखोला भञ्ज्याङ र मेरी आमा’, र ‘कदेखि ज्ञसम्म’ लगायत शीर्षक ६१ कविता समाविष्ट छन् ।
कविता ग्रामीण विम्ब, प्रतीक र मिथकको कुशल प्रयोग भई सरल र सम्प्रेष्य रहेको साहित्यकार शशि लुमुम्बुले जानकारी दिनुभयो । सङ्ग्रहभित्र प्रा डा गोविन्दराज भट्टराई कन्दङ्वालाई ‘समकालीन नेपाली कविता जगत्मा राम्रा कविता रच्ने एक स्पष्टवादी नारी स्रष्टा’ भनेका छन् । सङ्ग्रह विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर