Aamsanchar

मंगलबारको दिन धन प्राप्तिको लागि अपनाउनुहोस् यी तरिका, जसले तपाइलाई मालामाल !

Author Image
मङ्गलवार, भदौ १२, २०७५

काठमाडौँ ।

प्राय जसो मंगलबारको दिन शुभ कार्य गर्नको लागि शुभ मानिन्छ । यस दिनलाई महाबिर हनुमानको दिन पनि भन्ने गरिन्छ । हिन्दु धर्ममा मंगल ऊर्जा को एक कारक मानिन्छ ।

साथै यस दिन हरेक प्रकारको आर्थिक कार्यको थालनी हर्ने चलन रही आएको छ । मंगलबारको नामकरणबाट नै थाहा हुन आउछ कि मंगलबार ‘मंगल’ ग्रहबाट गरिएको हो ।

मंगलबार धन प्राप्तिको लागि निम्न उपाय प्रयोग गर्नुहोस्:

मंगलबारको दिन हनुमानको आराधना गर्नु भएमा आर्थिक लाभ मिल्ने गर्छ। मंगलबारको दिन हनुमानको मन्दिरमा गएर हनुमान चालीसाकोम पाठ गर्नु भएमा आर्थिक रुपमा सम्पन्नता बढेर जाने विश्वास गर्ने गरिन्छ।जीवनमा हुने सम्पूर्ण समस्या निवारणको लागि हनुमानको मन्दिरमा गएर यस दिन राम रक्षा स्त्रोतको पाठ गर्नु पर्ने हुन्छ।

यदि तपाईको बच्चा अधिक रुने गर्छ भने मंगलबारको दिन तपाईले नीलकंठको प्वाख आफ्नो बच्चा सुत्ने विस्तारमा राख्नु भएमा तपाईको बच्चा रुना छोड्ने हुन्छ । यस कार्य तपाईले आइतबार पनि गर्न सक्नु हुनेछ ।

मंगलबारको दिन एक धागोमा बीचमा कागती राखेर एक तरफ ४ वटा खुर्सानी भने अर्को तरफ ३ ओटा खुर्सानी राखेर तपाईको व्यवसायिक स्थलमा राख्नु भएमा तपाईको व्यवसायमा रहेको समस्या हटेर जाने विश्वास गर्ने गरिन्छ।मंगलबारको दिन तपाईले प्रेत मुक्तिको लागि पनि कार्य गर्ने शुभ दिन मानिने गरिन्छ।

मंगलबारको दिन एक रातो कपडामा थोरै सिन्दुर राखेर तामाको पैसा साथै कालो तिल राखेर डल्लो बनाउनु होला । त्यस पछी प्रेम आत्माते ग्रसित व्यक्तिको शिरमा सात पटक घुमाएर एक सुनसान ठाउँमा फाल्नु भएमा प्रेत-आत्माको दृस्टी हटेर जाने विश्वास गर्ने गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर