Aamsanchar

पवित्र क्रान्तिलाई निहाल्दा

Author Image
बिहिवार, भदौ १४, २०७५

अमित संग्रौला

क्रान्ति परिवर्तनको संवाहक हो । चेतनाको उद्घाेष हो ।नवीन प्राची उद्घाटन गर्ने युगिन परिवर्तनको लागि क्रान्ति अपरिहार्य छ।अहिले हामी परिवर्तनको युगमा छौ।मानवको चेतना पलपलमा विकासित भइरहेको छ ।

क्रान्तिका बिषयमा लेखिएका विश्वमा उत्कृष्टमा पर्ने गरेको पाइन्छ।हिजोको समय र आजको समय धेरै फरक भएको छ ।अहिलेको मानव सभ्यताले धेरै फड्को मारेको अवस्था छ।यहाँसम्म आइपुग्दा धेरै समस्याहरु झेल्नुपरेको छ ।

मानवले जीवनयापनको निमित्त आफ्नो जीवन सुन्दर बनाउन धेरै प्रयास गरेको देख्न सकिन्छ ।विश्वमा मानवको सौन्दर्य विशिस्ट छ ।यही पृथ्वीबाट मानवको उदय भएको हो ,र अहिले मानवको अवस्था सड्ढटमा छ।त्यो भएर मानव र प्रकृतिको तालमेल मिलेको छैन ।

त्यसैले मानव र प्रकृति सँग सुमधुर सम्बन्ध स्थापना गर्नको लागि ‘पृथ्वी बचाउ प्रकृतिको रक्षा गर ‘यस अभियानका पवित्र क्रान्ति दर्शनका प्रणेता सिक्किम राज्यका सम्माननीय मुख्यमन्त्री एंव भारतीय नेपाली कविताका एक सिद्धहस्त कवि श्री पवन चाम्लिङ हुनुहुन्छ ।मानवले हासिल गरेका ज्ञान विज्ञानका उपलब्धि र संस्कृतीहरु अकल्पनीय गतिमा बढेको छन् ।

मनुष्यले भौतिक जगतका अधिकाशं क्षेत्रमा विजय प्राप्त गरिसकेका छन् ।असाधारण शक्तिमा रुपान्तित भइसकेको छ । विश्वलाई खुम्च्याएर एउटा रिमोटमा कैद गर्न सक्ने मनुष्य आफूचाहिँ ठूलै सड्ढटमा छ ।सड्ढट यो मानव मुल्यको विघटनमा केन्द्रित छ ।आफ्ना अप्राकृतिक सिमाहरुले आफैलाई विनाश गर्न उद्धत छ मनुष्य विरोधभासमा बाँचीरहेको महसुस गर्न सकिन्छ ।

मानव प्रकृति विरुद्ध जान थालेपछि आफ्नो मुल्यगत सड्ढटसीत साक्षात्कार गर्नु परेको हो उसले ।यो जोखिमबाट मुक्त छैन उ ।र प्रकृति माथी खेलभाड गरिएको छ ।पवित्र क्रान्ति मानवताबादी चिन्तन बोकेको पवित्र दर्शन हो ।यो बिल्कुलै फरक छ ।यो दर्शन राजनीति सँग कुनै सम्बन्ध राख्दैन ।विश्वमा चलेका वाद र आन्दोलनहरु भन्दा पनि यसको फरक छ । अनि भिन्न पनि छ ।

पवित्र क्रान्ति पढ्ढा राख्छ कि यसले सत्यम् शिवम् सुन्दरम् सुन्दर पक्षलाई समेटेको छ भन्ने महसुस गराउँछ ।कविहरुले प्रेम सद्दभावनाको भाव राखेर कविताहरु सिर्जना गरेका देखिन्छ।पवित्र क्रान्ति पढ्ढा यस्तो लाग्छ कि प्रकृति सँग निकटमा रहेर कविताहरु फुरेको देखिन्छ ।क्रान्ति भन्ने बितिकै एउटा विचार हो ।

तार्किक शक्ति हो ।मान्छेको विचार भन्दा पर अरु केही छैन ।त्यस्तैगरि मनुष्य र प्रकृतिको सम्बन्धलाई जर्मन दार्शनिक काण्टले औपपत्तिक बुद्धि बाट हेरेका छन् ।बुद्धि तार्किक र विवेकसंगत भएन भने ठूलै दुर्घटना पर्न सक्छ ।

मनुष्य र प्रकृतिलाई असल पारस्परिक स्थपित गर्न सकेको खण्डमा सत्यम् शिवम् सुन्दरम् ले पुर्ण गति पाउछ ।प्रकृति सँगको अझ विकसित गर्न सकिन्छ ।काण्टको विचार छ ।सुन्दरम् लाई भावनात्मक मनोवृत्ति र शिवम् लाई क्रियात्मक मनोवृत्ति बाट विश्लेषण गर्न खोजिएको छ ।

आई.ए रिचर्डस् जस्ताको तस्तै स्वीकारेका छैनन् ।यो बिषय परीक्षणमै छ ।तथापि आई.ए रिचर्डस्ले सत्यम् को सम्बन्ध बिचारबाट र शिवम् को सम्बन्ध इच्छा बाट हुन सक्ने तथ्यलाई चाहिँ स्विकार गरेका छन् ।

मनुष्यले प्रकृतिमय बाच्ने उद्घम गरेमा उसको श्रेष्ठता खल्बलिदैन त्यो नै सत्यम् शिवम् सुन्दरम् को बीचको मुलमन्त्र हो।यो क्रान्ति पवित्र छ सदाबाहर विचार छ । कसैको विचार अग्लो हुन्छ र कसैको विचार होचो हुन्छ ।

त्यो बेग्लै कुरा हो ।उ कस्तो छ भन्ने कुरा उसको विचारबाट हेर्न सकिन्छ ।यो पवित्र क्रान्तिमा प्रकृति सँग को प्रेम छ ।बिशिस्ट रूपमा यसको सौन्दर्य देख्न सकिन्छ ।यदि पृथ्वीलाई बचाउन छ प्रकृतिको रक्षा गर ।यहाँनेर प्रकृतिको सौन्दर्य लाई सरल सहज रूपमा चित्रण गरेको छ ।

राष्ट्रकवि माधव घिमिरेको कविता बाट सुरु गरिएको छ : धर्ती ! अझै सुन्दरमा पुर्याऊ त्यै देशदेशान्तरमा पुर्याऊ ( पवित्र क्रान्तिका लागि धर्ती ! अझै सुन्दरमा पुर्याऊ ) पवित्र क्रान्ति पढेर ममा सकारात्मक उर्जा आएको छ ।

एउटा छुट्टै अनुभुती मिलेको छ ।प्रत्येक कविताहरुमा शक्ति रहेछ । कुनै पनि क्रान्ति बन्दुक बोकेर होइन । पवित्र भाव राखेर ठूलो ठूलो युद्ध जित्न सकिदो रहेछ । भन्ने महसुस गरेको छु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर