Aamsanchar

घरमा यी विरुवा रोप्नुका यस्ता छन् फाइदा

Author Image
बिहिवार, भदौ १४, २०७५

काठमाडौँ ।

रुख बिरुवा भएनन् भने कुनै पनि प्राणी बाँच्न सक्दैनन् । जैविक सन्तुलन बनस्पतीमै निर्भर रहेको छ । घर वरिपरि रोपेको विरुवाले घरको सौन्दर्य बढाउनुका साथै शुद्ध अक्सिजनको उत्पादन गरी मानिसलाई विभिन्न रोग लाग्नबाट समेत बचाउँछ ।

घरमा रोपिने यस्ता रुख विरुवाले एयरप्युरिफायरको समेत काम गर्ने गरेको पाइन्छ । जसले गहिरो निद्रा लगाउनुका साथै शरिरमा सकारात्मक उर्जा प्रवाह गर्दछ । बिरुवाबाट हामीले अक्सिजन पाइरहेका हुन्छौ । आज हामी कुन बिरुवाले के असर पर्छ भन्ने कुराको जानकारी दिन गइरहेका छौ । जुन निम्नानुसार छ ।

१) तुलसी :– मानिसको स्वास्थ्य सम्बन्धि विभिन्न समस्यामा तुलसीको सजिलै प्रयोग गर्न सकिन्छ । तुलसीलाई घर आगनमा रोप्नको धार्मिक र आध्यात्मिक मात्र हैन, औषधिको रुपमा पनि महत्वपूर्ण मानिन्छ । घरको आँगनमा तुलसी रोप्दा वातावरण शुद्ध हुनुका साथै यसले रुघाखोकी, ज्वरो, दुखाईलगायतमा समेत शरीरलाई आराम दिन्छ । टाउको दुखेमा तुलसीको पात पिसेर टाउकोमा लगाउनुस्, टाउको दुखाई केहि समयमा नै कम हुदै जान्छ ।

२) चमेली :– चेमेलीको फुल तेलको लागि प्रसिद्ध मानिन्छ । यसले मानिसलाई गहिरो निद्रा जगाउनुका साथै शरीरमा सकारात्मक उर्जा संचार गर्दछ । हेर्दा आर्कषक तथा मनमोहक देखिने चेमेलीको बोटले शरीरको तनावलाई समेत कम गर्दछ ।
३) एलोभेरा(घिउकुमारी):– अनुहार सम्बन्धि विभिन्न समस्यामा एलोभेरा अर्थात (घिउकुमारी) अत्यन्त लाभदायक मानिन्छ । त्यसैले त, सौन्दर्यका विभिन्न प्रशाधनहरुमा एलोवेराको प्रयोग अधिक हुने गर्दछ । एलोभेराको प्रयोगबाट अनुहार सुन्दर हुनुका साथै यसले निद्रासमेत लगाउँछ । सानो तिनो चोटकपटक तथा पोलेको घाउमा पनि एलोभेरा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ ।

४) स्पाइडर प्लान्ट :– स्पाइडर प्लान्टले वातावरणको दुर्गन्ध नष्ट गरी क्यान्सर गराउने तत्वको विकास गर्ने हानीकारक रसायनबाट वातावरणलाई शद्ध राख्न मद्दत गर्छ ।-ओएस नेपालबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 342

प्रतिक्रिया (०)

सम्बन्धित खबर