Aamsanchar

आफुहरुको हक अधिकारलाई सुनिश्चित गरिदिन सिएमए संघको माग

Author Image
शुक्रवार, भदौ २२, २०७५

बिर्तामोड ।

स्वास्थ्यकर्मीहरु संगठन नेपाल सिएमए संघ झापा शाखा र झापामा रहेका केन्द्रिय पदाधिकारीहरुको संयुक्त वैठक सम्पन्न भएको छ ।

बिर्तामोडमा बिहिबार भएको बैठकले ग्रामीण क्षेत्रमा कठिन परिस्थितिका बावजुत पनि आफ्ना निजि क्लिनिकहरुबाट सिएमए र अहेवहरुले सेवा दिई रहेको तथा आफ्ना कानुनीरुपमा पाएका हक अधिकारलाई सुनिश्चित गरिदिन र कानुनमा सिएमए लाई वेवास्ता नगरिदिन केन्दिय समितिले केन्द्र र प्रदेशका सम्बन्धित मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको बारे छलफल भएको थियो ।

झापा जिल्ला अध्यक्ष प्रदिप खरेलको अध्यक्षतामा बसेको संघको संयुक्त बैठकमा केन्द्रिय उपाध्यक्ष ओमबहादुर खड्काले सम्पुर्ण संघका सदस्यहरु आगमी दिनमा यसरी नै मर्यादित र सेवा प्रति समर्पित रहदै अगाडि बढ्नु पर्ने र आफु आफ्नो दायरामा रहेर विगत झै राष्ट्रको स्वास्थ्य सुचकहरुमा सुधार ल्याउन अग्रसर रहनुपर्ने बताए।

संघले आफ्नो पन्ध्रऔ स्थापना दिवस २०७५ लाई उचाई दिन भाद्र २५ गते सोमबार अपांग बाल शिक्षा सरोकार केन्द्र , अर्जुनधारा–६ का बालबालिकाहरुलाई दैनिक आवश्यकताका सामाग्री ,खाधान्न तथा शैक्षिक सामाग्रीहरु बितरण गर्ने कार्यक्रम राखेको छ।

संघको बैठकले सबै सिएमए सदस्यहरुलाई भाद्र २५ गते बिहान ७ बजे कप्तानबारीको उक्त शिक्षालयमा उपस्थित हुन आग्रह समेत गरेको छ । सिएमए संघ ग्रामीण स्वास्थ्यमा प्रतिकारात्मक र प्रबर्धनात्मक क्षेत्रमा सेवा पुर्याउदै आएका सिएमएहरुको साझा छाता संगठन भएकाले सरकारको स्वास्थ्य संरचनामा केन्द्रिय अस्पतालदेखि क्षेत्रीय, जिल्ला हुदै स्थानिय निकाय अन्र्तरगतका स्वास्थ्य संस्थाहरुमा लोक सेवा पास गरी अहेब– सिनियर अहेबका रुपमा कार्यरत छन् ।

क्लिनिक रहेको भुगोल र स्वास्थ्यकर्मीको उपल्ब्धता अनुसार क्लिनिक ग्रेडिङ गरिनुपर्ने, परिषदको ऐनले तोकेको अधिकार शुनिस्चित गरिनु पर्ने, बिगतका स्वास्थ्य मन्त्रालय,स्वास्थ्यमन्त्रि र सरकार संगको सम्झौता कार्यान्व्यन गर्नुपर्ने लगायतकामागहरु सहित सिएमए संघले सातै प्रदेशमा राखि सकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)