Aamsanchar

शान्तिनगरमा बृहत कबि गोष्ठि

Author Image
आइतवार, भदौ २४, २०७५

शान्तिनगर ।


झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरमा १५३ औ मोती जयन्तीको अवसरमा बृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

बुद्धशान्ति साहित्यिक तथा साँस्कृतिक प्रतिष्ठानको आयोजना तथा बुद्धशान्ति गाउँपालिका–६ नम्बर वडा कार्यालयको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिष्ठानका अध्यक्ष शिबकुमार पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा इलाम चुलाचुलीका कबि तथा साहित्यकार बलभद्र कोइराला (बिवस) को प्रमुख आतिथ्य तथा कबियत्री लीला अनमोलको बिशिष्ट अतिथी र सासङ्ग प्रतिष्ठाका अध्यक्ष छबिलाल खतिवडाको बिशेष आतिथ्य रहेको थियो ।

प्रतिष्ठानले बुद्धशान्तिमा नेपाली कला, सस्कृति खोज गर्ने, स्थानीय साहित्य, कलालाई सम्मान र सम्बद्र्धन तथा बिकासका लागि गाउँपालिकाको सातै वटा वडामा फरक फरक प्रकारको कार्यक्रम आयोजना गर्दै लैजाने प्रतिष्ठानले जनाएको छ ।

शिक्षक तथा समालोचक गणेश निरौलाले मोतीराम भट्टको बारेमा चर्चा÷परिचर्चा गरेका थिए । सोही कार्यक्रममा शान्तिनगरको उर्वरभूमीमा जन्मिएर नेपाली कला, साहित्य, संगीतमा पूर्याएको योगदानको उच्च मुल्याङकन गर्दै दुई जना सर्जक सम्मानित भएका छन् ।

सम्मानित हुनेमा साबिक शान्तिनगरका अग्रज संगीतकर्मी युद्ध दाहाल र कबि तथा उपन्यासकार दावा दोर्जे लामालाई दोसल्ला र सम्मान–पत्रले सम्मान गरिएको छ । संगीतको ज्ञान भएपनि शिक्षण पेसामा आवद्ध दाहाल ओझेलमा रहेर पनि शान्तिनगरको संगीत क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् ।

त्यस्तै लामो समयदेखि साहित्य लेखन र हाल प्रहरी सेवामा आवद्ध रहेका लामाले २०६३ सालमा ‘क्षणिक भेट’ नामक उपान्यास प्रकासित गर्नुका साथै फुटकर कबिता, गजल र काठमाण्डौबाट प्रकासित छहारी साप्ताहिकमा स्तम्भकारको रुपमा काम गरेका थिए ।

त्यस्तै सोही कार्यक्रममा अन्तर बिद्यालय गायन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा बुद्धआदर्श माबीका पवन ढकाल पहिलो, मुनामदन एकाडेमी बर्नेका दिपचन्द्र माँबो दोस्रो, त्रिभुवन माबीका स्मिता लिम्बु तेस्रो र जयपुर माबीका हेमन नेपाली सान्तवना भए । उनीहरुलाई प्रमुख अतिथी तथा कार्यक्रमका सभापतिले पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरेका थिए ।

गायन प्रतियोगिताको निर्णायकमा शिक्षक उदय चन्द्र कोइराल, केसी श्रेष्ठ र संगीतकर्मी सरोज वत्सब रहेका थिए । कार्यक्रममा बोल्दै बुद्धशान्ति गाउँपालिका–६ का वडाध्यक्ष शम्भु प्रसाद पौडेलले नेपाली साहित्य, कला, सस्कृति जोगाउने कार्यमा प्रतिष्ठानलाई वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । यसका साथै झापा र इलामका कबि तथा कबियत्रीहरुले गीत, कबिता, गजल बाचन गरेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष मुनाराज शेर्माले स्वागत गरेको कार्यक्रमको संचालन साहित्यकार तथा कबि टंक बिकल्प, केसी श्रेष्ठ र दिपक गौतमले संयुक्त रुपमा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर