Aamsanchar

कुतु कुतु लाग्यो मलाई (भिडियो)

Author Image
आइतवार, भदौ २४, २०७५

भाद्र २२ । नेपाली कथानक  चलचित्र “दैलो” को बहु प्रतिक्षीत  “कुतु कुतु लाग्यो मलाई , कुतु कुतु” बोलको गित शुक्रवार सार्वजनिक भएको छ । जमुना देवि फ्ल्मिस  प्रा।लिको  ब्यानरमा  निर्माण भएको चलचित्र “दैलो” को “कुतु कुतु लाग्यो मलाई,कुतु कुतु” बोलको गित  हाईलाइृट्स  नेपालले युट्भ च्यानल मार्फत शुक्रवार सार्वजनिक गरेको हो ।

सुरेश उप्रेतीको लेखन  तथा  निर्देशनमा निर्माणमा  भएको नेपाली कथानक चलचित्र “दैलो”ेको  उक्त गितमा नबोदित गाायिका  दुर्गाा साउतले  स्वर दिनु भएको छ । लक्षु प्रकाश मल्लको  संगित तथा  बिमल भट्टराईले शब्द लेख्नु भएको “कुतु कुतु लाग्यो मलाई , कुतु कुतु” बोलको  उक्त गित   दर्शक  तथा श्रोता माझ  निक्कै  लौक प्रिय  हुने  निर्माण  पक्षले विश्वास लिएको छ ।

 

चलचित्रमा  आईटम  गीतका रुपमा प्रस्तुत  गरिएको उक्त गितमा गम्बीर बिष्टले नृत्य  निर्देशन  गर्नुभएको छ भने , पवन पाठकले अभिनय गर्नुृ भएको छ । चलचित्रमा जम्मा २वटा गित रहेको निमार्ण  नियन्त्रक दृष्टान्त आर्चायले जानकारी दिनु भयो ।

बिशुद्ध सामाजिक  तथा पारिवारीक  कथा बस्तुमा निर्माण भएको चलचित्र “दैलो” आउदो कार्तिक ३० गतेबाट  नेपाल अधिराज्य भर एकसाथ  प्रर्दशनमा आउने  निर्देशक सुरेश उप्रतीले जानकारी दिनु भयो । चलचित्र  प्रर्दशनको जिम्मा उपत्यका  बाहिर  एफ डि कम्पनिले  लिएको छ ।

 

चलचित्रमा सुरेश उप्रेती , दुर्गा साउन ,  बिकाश चापागाई , दिक्षा आर्चाय सापकोटा  , मुना  प्रसाई, दिपक डोटेल , सपना श्रेष्ठ , जिवन कुईकेल  सँजय न्यौपाने अनु ढुङगना  तथा वाल कलाकार सुयोग उप्रती लगायतले अभिनय गर्नुभएको हो ।

बिषेश गरि झापा ,ईलाम र काठमाँन्डौमा छाँयाँकन गरिएको चलचित्र “दैलो”मा  बिमल भट्टराईले छाँयाँकनको भुमिका  निर्वाह गर्नु भएको  छ भने तारा थापा किम्बेको  एडिटीङ  र सागर आर्चायले  ५।१  मिक्सिङको कुसलता प्रस्तुत गर्नु भएको छ ।

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर