Aamsanchar

सुरुंगामा छल्कीयो आनीको अनुभव

Author Image
आइतवार, भदौ २४, २०७५

सुरुंगा जेसीजको आतिथ्यमा नेपाल जेसीजको क्षेत्र क सम्मेलनमा मन्तव्य राख्दै गायिका आनी छोइङ डोल्मा । 
 आनी बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत हो। यिनले आर्य तारा स्कुल सञ्चालन गर्दे आएकी छन् जहाँ उनी अनाथ बच्चाहरूलाई पढाउँछिन्।
सन् १९७१ मा जन्मिएकी छोइङ डोल्मा एक बौद्ध धर्म मान्ने आनी हुन्। त्यसैले उनलाई आनी छोईङ्ग डोल्मा भनेर चिनिन्छ। सामान्यत आनी र लामाहरू सामान्य ब्यक्तिको जिवन भन्दा फरक रहने गर्दछन्। तर आफ्नो सांस्कृतिक र धार्मिक महत्वलाई राख्दै नेपाली साङ्गितिक क्षेत्रमा उदाएकी एक फरक पृष्ठभुमिकी गायिका हुन् आनी छोइङ डोल्मा। उनलाई नेपालीले मात्रै नभएर पूरै संसारका बौद्ध अनुयायीले चिन्नेका छन्। उनले विशेषत धार्मीक भजन गाउने गरेकी छन्। उनी एक तिब्बतीयन शरणार्थी परीवारकी सदस्य हुन्। काठमाडौंं मै जन्मिएकी उनी अहिले नागी गुम्बामा बस्ने गरेकी छिन्। शारीरिक शोषण गरेका उनका बाबुको हिंसा सहन नसकी १३ वर्षको उमेरमा नागी गुम्बा पुगेकी उनी अहिले पनि सोहि गुम्बामा सेवा गर्छिन्। 
तस्वीर : कमल पाण्डे विनोद/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर