Aamsanchar

आनीलाई पनि पुरुष मनपर्न थालेछ

Author Image
आइतवार, भदौ २४, २०७५

 लेखिका तथा गायीका आनी डोल्माले आफुलाई अमिताब बच्चन मनपर्छ भनेपछि तरंग मच्चिएको छ ।

नेपाल जेसीजको झापाको सुरुंगामा भएको एरिया ए कन्फेरेन्समा सहभागीहरुले सोधेको प्रश्नको उत्तर दिनेक्रममा आनीले मनोरन्जन क्षेत्रका बादशाह अमिताब बच्चनलाई देख्दा आहा.. भन्न मन लाग्छ भनेपनि हलमै हल्लीखल्ली मच्चियो ।

कार्यक्रम संचालक नारायण कडरियाले आनीलाई कुनै पुरुषलाई देख्दा आहा..कस्तो राम्रो भन्ने लाग्छ की लाग्दैन र त्यस्तो पुरुष देख्दा यो आनी भन्ने चिजलाई पन्छाइदिँऊ जस्तो लाग्दैन भन्ने प्रश्नको उत्तर दिँदै आनीले अमिताब बच्चनको नाम लिएकी थिइन् ।

तत्कालै कडरियाले राजेश हमाललाई अन्याय भएन र ? भन्दा आनीले ऊ त फेद न टुप्पोमा पनि आउँदैन भनेर राजेश हमालप्रति  टिप्पणी गरेकी छिन् । पहिले पहिले उनले आफ्नो मन्तव्यमा पुरुषको निकै आलोचाना गर्दै आएकी थिईन, उनको तर्क अनुसार उनि आफ्नै पिता द्वारा अपहेलित बन्न पुगेपछी आफु आनी बनेको र कारण पुरुष प्रतिको विश्वास नरहेको प्रतिक्रिया दिनै आएकी थिईन ।  फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)