Aamsanchar

तिजको मोहले छोडेन मेड्रीडका नेपालीलाई

Author Image
मङ्गलवार, भदौ २६, २०७५

गैरआवासीय नेपाली संघ स्पेनको क्षेत्रीय कमिटी मेड्रीडको स्थापना कालदेखि नै हरेक वर्ष मनाइदै आएको यस वर्षको तिज विशेष कार्यक्रम सम्पन्न भएको छ।

सेप्टेम्बर ९ तारीख आइतबारका दिन गैरआवासीय नेपाली संघ मेड्रीडले आयोजना गरेको उक्त कार्यक्रममा मेड्रीडबासिहरुले एकआपसमा शुभकामना आदानप्रदान गर्दै यस वर्षको तिज धुमधामले मनाएका छन।

हर्षउल्लासका साथ सम्पन्न भएको उक्त तिज विशेष कार्यक्रममा स्पेनका लागि प्रथम नेपाली राजदूत भरत बहादुर रायमाझीको प्रमुख आतिथ्य रहेको थियो।
सो कार्यक्रममा उपस्थित सबैमा खुशी प्रकट गर्दै राजदूत रायमाझीले सबै नेपाली नागरिकले देश विकासको लागि आफूले आर्जन गरेको कला तथा सिपलाई सदुपयोग गरि समाजलाई,परिवारलाई र राष्ट्रलाई सक्षम रहि सहयोग गर्न प्रोत्साहन गर्नु भयो।

३०० भन्दा माथिको हाराहारीमा क्षमता रहेको हलमा मेड्रीडबासिहरुको खचाखच भिड रहेको थियो।
स्थानीय नेपाली कलाकारहरुको भव्य नृत्य तथा गायन प्रस्तुतिले भरपुर मनोरञ्जन दिनको साथै उपस्थित सबैको मन जितेका थिए।

कार्यक्रममा गायन तथा नृत्यका खुला प्रतियोगिता राखिएको हुँदा प्रतियोगी सबैमा प्रमाणपत्रको साथै प्रथम,द्वुतिय र तृतीय हुनेलाई कार्यक्रमका प्रमुख अतिथि भरत बहादुर रायमाझी तथा विशेष अतिथि गैरआवासीय नेपाली संघ स्पेनका केन्द्रिय अध्यक्ष चिन्तामणी सापकोटाले प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए।

एन।आर.एन.ए मेड्रीडले आयोजना गरेको उक्त नेपाली नारीहरुको महान चाँड तिज विशेष कार्यक्रमका अतिथिहरुमा नेपाली दूतावासका प्रथम तथा तृतीय सचिव हरिहर कान्त पौडेल तथा भोजकुमार भट्टराईको आतिथ्य रहेको थियो।

अन्य अतिथिहरुमा एन।आर.एन.ए मेड्रीडका संरक्षक तथा संस्थापक अध्यक्ष ज्ञानेन्द्र खरेल,पूर्व अध्यक्ष रोशन पाठक,संघका केन्द्रिय सचिव जीवन प्रसाईं तथा समाजसेवी गंगा देवी शर्माको उपस्थिति रहेको थियो।

कार्यक्रमका अध्यक्षता तथा समापन गैरआवासीय नेपाली संघ मेड्रीडका अध्यक्ष उत्तर राईले गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर