Aamsanchar

यात्रुबस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

Author Image
मङ्गलवार, भदौ २६, २०७५

एजेन्सी ।

भारतको तेलंगना राज्यको जगतियालमा यात्रुबस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ। कोन्डागट्टु घाट नजिकै तेलंगाना राज्य वरिवहन निगमको बस पल्टिएको हो।

उक्त दुर्घटनामा अन्य धेरै घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। बस ब्रेक फेल भएर दुर्घटना भएको हो। घटनास्थलमा अहिले प्रहरी प्रशासन पुगेर उद्धार कार्य सुरु गरेको सञ्चार माध्यमले जनाएका छन्। जगतियालका प्रहरी अधिकृत सिंधु शर्माले उक्त घटनामा ४५ जनाको मृत्यु भएको पुष्टे गरेकी छन्।

अहिलेसम्म ४५ जनाको मृत्यु भएको छ। घाइतेलाई नजिकका सरकारी अस्पतालमा पुर्‍याइएको छु, उनले भनिन्। समाचारमा जनाइएअनुसार तेलंगाना राज्य सडक परिवहन निगमको उक्त बसमा ६२ जना यात्रु सवारी थिए।

कोन्डागुट्टको हनुमान मन्दिरबाट जगतियाल जाँदै गरेको बस घुम्तिमा मोड्दै गर्दा दुर्घटनामा परेको हो।

मुख्यमन्त्री के चन्द्रशेखर रावले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घाइतेहरूको उपचारमा कुनै कसुर नछोड्न स्थानीय अधिकार तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रदेश सरकारले उक्त घटनामा मारिएकाका आफन्तलाई पाँच लाख क्षतिपूर्ति दिने घोषणा गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, चैत १२, २०८०
होली किन मनाइन्छ ?
आइतवार, चैत ११, २०८०