Aamsanchar

यस्तो स्थान जहाँ गरिएको कार खेतीको दृश्य देखेर जो कोही चकित हुन्छन्

Author Image
बुधवार, भदौ २७, २०७५

एजेन्सी ।

कार खेती गरेको कहिल्यै देख्नु वा सुन्नु भएको छ रु बालीनाली तथा बोटविरुवा उमार्ने र खेती गर्ने जमिन हुनु त सामान्य मान्ने तपाई हामीलई यो समाचारले त अवश्य चकित पार्ने नै छ । यो अनौठो खबर हो अमेरिकाको हो ।

जमिनमा कारको खेती अमेरिकामा नेवादा राज्यको गोल्डफिल्डमा गरिएको हो । जुन खेती माइकल मार्क रिप्पी नामका व्यक्तिले गरेका हुन् । सन् २०११ मा सुरु भएको उनको उक्त काममा रिप्पीलाई एकजना अर्का सहयोगी फेला परे ।

केड सार्ग नामका व्यक्ति रिप्पीको उक्त सिर्जनशील आइडियालाई नयाँ उडान दिएपछि उनी थप हौसिएर यो कामलाई शोखको रुपमा थप बढाउँदै उक्त कार जंगलमा ४० भन्दा धेरै रोपेका छन् ।

साना तिना कारका साथै ठूलो ट्रकहरु गाडीएको दृश्य दिउसोमा भन्दा रातीको समयमा औधी रोचक देखिन्छ । उम्रिएका जस्ता गाडीको दृश्य अहिले सामाजिक संजालमा ब्यापक चर्चामा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर