Aamsanchar

नेपाली फुटबल टोली स्वदेश फर्कियो

Author Image
बिहिवार, भदौ २८, २०७५

काठमाडौँ, 

बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलबाट पराजित नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ ।

नेपाली टोली ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । बङ्गलादेशमा भएको साफको १२आँै संस्करणमा सहभागिता जनाएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हँुदै घर फर्किएको हो ।

समूह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग ३–० को हार व्यहोरेको थियो । समूह चरणमा नेपालले बङ्गलादेश र भूटानमाथि शानदार जीत निकालेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारी र खेल प्रशंसकहरु नेपाली खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । समूह चरणमा श्रीलङ्कासँग गोलरहित बराबरी खेलेका माल्दिभ्स भारतसँग २–० ले पराजित भएको थियो ।

श्रीलङ्का पनि भारतसँग २–० ले नै पराजित भएपछि सेमिफाइनलका लागि भएको गोलाप्रथामा माल्दिभ्सले बाजी मारेको थियो । समूह चरणको खेलमा एक गोल पनि नगरी सेमिफाइनलमा आएको माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई तीन गोल गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर