Aamsanchar

नेपाल समूह ‘ए’मा

Author Image
शुक्रवार, भदौ २९, २०७५

काठमाडौँ, 

आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ ।

बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा तथा समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन् ।

भारतमा सम्पन्न पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । पाँचौ संस्करणको उक्त प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने लाग्न सकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर