Aamsanchar

सिक्काको औंठी बनाएर लगाउनेलाई यस्तो हुनेछ कानूनी कारवाही

Author Image
शुक्रवार, भदौ २९, २०७५

काठमाडौं । 

नयाँ  मुलुकी अपराध (संहिता) ऐन २०७४ /मुलुकी फौजदारी कार्यविधिले  सिक्का चलन सम्बन्धमा केही परिवर्तन भए पनि ठूलो गल्ती गर्दापनि सामान्य जरिवाना वा सजाय ऐनमा तोकिएको छ ।

कानून फितलो भएका कारण पछिल्लो समयमा नोटमा केरमेट गर्ने, नाम, ठेगाना उल्लेख गर्ने गरेको पनि देखिन्छ । नोटमा केरमेट गर्नेलाई समेत मुलुकी (संहिता) ऐनमा दण्ड जरिवाना गर्ने व्यवस्था छ ।

यस्तो छ  अपराध (संहिता) ऐन २०७४ मा 

नेपालको नयाँ मुलुकी ऐन मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २६३ मा बैंक, नोट वा सिक्का जलाउन, गाल्न, च्याप्न, लेख्न नहुने, उपदफा (१) अधिकार प्राप्त अधिकारीको आदेश विना कसैले मुद्राको रुपमा ग्राह्य भएको बैंक, नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुदैन। उपदफा (२) कसैले बैंक, नोटमा लेख्न वा कोर्न हुदैन।

र उपदफा (३) मा उपदफा (१) वा (२) वमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई ३ महिनासम्म कैद र पाँच हजार सम्म जरिवाना हुनेछ । भनि मुलुकी अपराध (संहिता) ऐन २०७४ स्पस्ट उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर