दुर्लभ सालक सामुदायिक वनलाई

धादिङ, 

धादिङको थाक्रे गाउँपालिका ११ महादेववेशीमा दुर्लभ एवं संरक्षित जनावरको रुपमा सुचिकृत सालक एउटा घरभित्र फेला परेको छ ।

बिहिबार पवन परियारको घरभित्र भेटिएको सालक ठूलोवन सामुदायिक वनलाई उपहार दिइएको छ । घरधनी परियारले प्रहरीलाई खबर गरेपछि महादेववेशी प्रहरी चौकी र वडा अध्यक्षको उपस्थितिमा सालकलाई वन सब डिभिजन कार्यालयलाई हस्तान्तरण गरियो ।

वन कार्यालयका लक्ष्मीदत्त जोशीले प्रहरीको रोहबरमा ठूलोवन सामुदायिक वनमा सो सालक छोडिएको बताउनुभयो ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com