Aamsanchar

नेजा अध्यक्ष पन्त सम्मानित

Author Image
शुक्रवार, भदौ २९, २०७५

दमक, 

नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदीपराज पन्तलाई सम्मान गरेको छ । यूनियनले  दमकमा एक कार्यक्रमकाबीच अध्यक्ष पन्तलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । पन्तलाई कार्यक्रमका प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले सम्मान पत्रले सम्मानित गर्नु भएको थियो ।

दमक निवासी पन्त अमेरिका गएर पनि नेपाली पत्रकारिताको विकासमा क्रियाशील रहदै नेजाको अध्यक्षमा निर्वाचित हुँदा दमक र झापालीको शान र प्रतिष्ठा बढेकाले उहाँलाई सम्मान गरेको प्रेस यूनियन क्षेत्रीय समिति अध्यक्ष बिष्णु सुब्बाले बताउनु भयो ।

सम्मान ग्रहण पछि बोल्दै नेजा अध्यक्ष पन्तले आफूहरु अमेरिकामा रहेपनि पत्रकारिता भने नेपाली समाजकै गरिरहेको बताउनु भयो । उहाँले नेपाललाई समृद्धि र विकसित बनाउन तथा अमेरिकामा रहेका नेपालीहरुलाई पहिचान दिलाउने बाटोमा आफूहरु कलम चलाईरहेको बताउनु भयो ।

उहाँले पत्रकारहरुले प्रभावहीन भएर आफ्नो कलम चलाउनुपर्नेमा जोड दिनु भयो । अमेरिकामा रहेका पत्रकारहरुले नेपाल र अमेरिकामा बसोबास गर्ने नेपालीहरुबीच पारिवारिक सम्बन्ध जस्तै कानुनी सम्बन्ध पनि विकास गराउन चाहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र थापाले पूर्वाग्रही नभई खबरदारी पत्रकारिता गर्न आग्रह गर्नु भयो । उहाँले नयाँ नियम, कानुन अनुसार जनप्रतिनिधिहरु चयन भएर आएकाले उनीहरुलाई खबरदारी गर्दै समाजलाई विकासको बाटोमा अघि बढाउने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताउनु भयो । उहाँले नयाँ पुस्ताको पत्रकारिता प्रभावित हुन खोजेजस्तो आभाष हुन थालेकाले पत्रकारिताको आचारसंहिता र यसको धर्मलाई मन दिन नहुनेमा जोड दिनु भयो ।

कार्यक्रममा पत्रकार महासंघ प्रदेश सदस्य विमल लामिछाने, प्रेस सेन्टरका जिल्ला अध्यक्ष टीकाराम उप्रेती, समाजसेवी चैतन्य बराल, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतमलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)