Aamsanchar

विकासका लागि नवीनतम् सोच आवश्यक : मुख्यमन्त्री गुरुङ

Author Image
शुक्रवार, भदौ २९, २०७५

पोखरा, 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि नवीनतम् सोचको खाँचो रहेको बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगद्वारा आज यहाँ आयोजित ‘नेपालको विकासका सन्दर्भमा सिङ्गापुरको नमूना’ विषयक अन्तरक्रियामा उहाँले सिङ्गापुरले पछिल्लो समयमा गरेको विकास नवीनतम् सोचकै कारण सम्भव भएको उल्लेख गर्नुभयो ।

देशको समग्र विकासका लागि आत्मकेन्द्रित संस्कारको अन्त्य हुनुपर्ने बताउँदै उहाँले नेतृत्वमा दूरदर्शिताको आवश्यकता आँैल्याउनुभयो । पुरानो संस्कारबाट माथि उठ्न नसक्दा मुलुकले विकासलको गति लिन नसकेको भन्दै उहाँले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राख्न त्यही किसिमको पारिश्रमिक एवम् उत्प्रेरणा आवश्यक हुने बताउनुभयो ।

सिङ्गापुरका प्राध्यापक डा गारी लिटले नेपाल साधनस्रोतले सम्पन्न देश भएको बताउँदै पोखरा विकासको पर्याप्त सम्भावनायुक्त ठाउँ भएको बताउनुभयो । पोखराको तुलनामा सिङ्गापुर केही नभएको बताउँदै उहाँले यहाँका प्राकृतिक साधनस्रोतको अधिकतम उपयोग गर्न सके मात्र पनि विकासमा ठूलो फड्को मार्ने धारणा राख्नुभयो ।

दीर्घकालीन सोचका साथ मुलुकमा गुणस्तरीय शिक्षासहित शान्तिसुरक्षाको प्रत्याभूति दिएर लगानीकर्तालाई आकर्षण गर्न सकिने बताउँदै उहाँले विकासका लागि सही तथ्याङ्क अर्को महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले भौगोलिक अवस्थितिसमेतका आधारमा विकासका योजना अघि बढाइने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)