Aamsanchar

भाषा, साहित्य समिति गठन

Author Image
सोमवार, असोज १, २०७५

मोरङ, 

मोरङको पथरीशनिश्चरे नगरपालिकाले भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि समिति गठन गरेको छ ।

नगर कार्यपालिकाको बैठकले यसअघि नगरका सर्जकको भेलाले समिति गठनका सम्बन्धमा गरेको निर्णय अनुमोदन गर्दै दुई महिनाभित्र उपसमितिसमेत निर्माण गरी समितिको पूर्णता दिने भएको छ । ‘भाषा, साहित्य, कला, संस्कृति’ नाम दिइएको समितिको अध्यक्षमा वीरध्वज शिवा, उपाध्यक्षमा अमीर राई, सचिवमा रोहिणीप्रसाद घिमिरे, सहसचिवमा इन्दिरा नेपाल र कोषाध्यक्षमा सरोजा खड्गीलाई चयन गरिएको छ ।

सदस्यमा, टीकाराम राई, देव गुरुङ, हरेन्द्र खत्री, प्रदीप आचार्य, कल्पना मिश्र र देवेन्द्र वनेम चुनिनुभएको छ । सो समितिले विभिन्न चार उपसमिति निर्माण गरी सक्रिय सर्जकलाई थप समेट्ने योजना बनाएको अध्यक्ष शिवाले बताउनुभयो ।

भाषा, साहित्य, गीतसङ्गीत, चित्रकला मूर्तिकला र नाट्यकला उपसमिति बनाइने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर