Aamsanchar

सशस्त्र प्रहरीद्धारा बिर्तामोडको गोदाममा छापा, करिव ३५ लाखको लत्ताकपडा बरामद

Author Image
बुधवार, असोज ३, २०७५

पार्थ मण्डल/ झापा । 

भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको लत्ताकपडा भण्डार गरी राखिएको गोदाममा सशस्त्र प्रहरीले मंगलबार बेलुका छापामा मारेको छ ।

सशस्त्र प्रहरीले छापा मारेर करिब ३५ लाख मुल्य बराबरको लत्ताकपडा जफत गरेको जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल, राजश्व अनुसंन्धान गुल्म इटहरीका सशस्त्र प्रहरी नायव उपरीक्षक रामकुमार सिंहको नेतृत्वमा आएको टोलीले विशेष सूचनाको आधारमा झापाको बिर्तामोड नगरपालिका ५ स्थित त्रिवेणी चोकमा रहेको राजिव जैनले भाडामा दिएको गोदाम घरमा छापा मारेको सशस्त्र प्रहरी बल नेपाल झापा गण नम्बर २ ले जनाएको छ ।

राजश्व अनुसंन्धान कार्यालय इटहरी, सशस्त्र प्रहरी राजश्व अनुसंन्धान गुल्म इटहरी, झापा गण नम्बर २, शनिश्चरे र काकँडभिट्टाबाट खटिएका सशस्त्र प्रहरीको संयुक्त टोलीले गोदाममा छापा मारेर २६ पोका कपडा बरामद गरेको छ ।

बरामद गरिएको लत्ताकपडाको आवश्यक भन्सार कागजात नभेटाएपछि राजश्व अनुसंन्धान गुल्मले उक्त सामान आवश्यक कारवाहीका लागि इटहरी लगिएको छ । यता सशस्त्र प्रहरी बल नेपाल झापा गण नम्बर २ का प्रहरी उपरीक्षक रेशमकुमार थक्सुका अनुसार इटहरीबाटै आएको टोलीले छापा मारेकोले यस घटनाको बिषयमा आफूसंग थप विवरण नरहेको बताए ।

पशुपतीनगरबाट भित्राइएको खुलासा 

इलामको पशुपतीनगरबाट भन्सार छलेर नेपाल भित्राइएको २६ पोका कपडा विगत केही महिनादेखि गोदाममा रहेको खुलेको छ । सशस्त्र प्रहरी बल नेपाल, राजश्व अनुसंन्धान गुल्म इटहरीका सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले घरधनि राजिव जैनलाई नियन्त्रणमा लिएपछि यस्तो खुलेको हो ।

घरधनी जैनले सशस्त्र प्रहरीलाई बयान दिर्दै भने, ‘मैले गोदाम भद्रपुरका कारोबारी चन्दन भन्नेलाई गोदाम भाडामा दिएका थियौ ।’ तीन महिनादेखि सामान गोदाममै रहेको र उक्त सामान पशुपतीनगर नाकाबाट यहाँ ल्याएर भण्डार गरिएको घटनास्थलमा उठाइएको मुचुल्कामा घरधनी जैनले स्वयम हस्ताक्षर गरेको सशस्त्र प्रहरी जनाएको छ ।

उक्त गोदाममा रहेको सामान झापाका विभिन्न बजार हुर्दै मोरङ र सुनसरीका बजारमा पुर्याउने उदेश्यले भन्सार छलेर भित्राइएको सशस्त्र प्रहरी स्रोतको दावी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर