समृद्ध प्रदेश र राष्ट्र निर्माण हाम्रो अभिभारा : मुख्यमन्त्री शाही

सुर्खेत, 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समृद्ध कर्णाली प्रदेश र राष्ट्र निर्माण मुख्य अभिभारा रहेको बताउनुभएको छ ।

चौथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले आजको दिनमा राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, सामानुपातिक र समावेशी विकाससहितको समाजवादी राज्य व्यवस्था स्थापनाको दिशामा अगाडि बढ्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “नेपाली जनताको दशकौँदेखिको बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०७२ जारी भएको थियो । जसले जनताको घर आँगनमा स्थानीय सरकारहरुमार्फत सिंहदरबारको अधिकार गाउँमा पु¥याएको छ ।”

कर्णाली प्रदेश सरकारले यो वर्षलाई कानून तथा योजना निर्माणका रूपमा लिएको विचार व्यक्त गर्दै उहाँले हरेक नागरिकलाई संविधान प्रदत्त अधिकार प्रयोग गर्दै संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्न हार्दिक अपिल गर्नुभएको छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com