Aamsanchar

मानवाधिकार उल्लङ्घनका ४९ उजुरी फछ्र्यौट गर्न बाँकी

Author Image
बुधवार, असोज ३, २०७५

खोटाङ,

मानव अधिकार उल्लङ्घनका ४९ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं १ को शाखा कार्यालय दिक्तेलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यालयमा परेका उजुरीमध्ये ४९ उजुरी ी फछ्र्यौट गर्न बाँकी रहेको हो ।

शाखा प्रमुख सुवोध पोखरेलले विसं २०६४ यता दर्ता भएका मुद्दासमेत फछ्र्यौट गर्न बाँकी रहेको बताउनुभयो । आयोगका अनुसार द्वन्द्वकालीन मुद्दासमेत किनारा लाग्न बाँकी रहेको देखिएको छ ।

फछ्र्यौट गर्न बाँकी रहेका उजुरीमध्ये हत्याका १२, विस्थापितसम्बन्धी नौ, महिला अधिकारसम्बन्धी छ, बेपत्तासम्बन्धी पाँच र सम्पत्ति कब्जासम्बन्धी पाँच वटा रहेको आयोगले जनाएको छ ।

त्यस्तै यातनासम्बन्धी पाँच, गैरकानूनी थुनासम्बन्धी दुई, जातीय विभेदसम्बन्धी दुई, स्वास्थ्य अधिकारसम्बन्धी एक र अन्य एक वटा उजुरी फछ्र्यौट गर्न बाँकी रहेको जनाइएको छ । जिल्लाका १० वटै स्थानीय तहमा मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि आयोगले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)