Aamsanchar

प्रजापतिमा जिल्ला स्तरीय फुटबल हुने

Author Image
बुधवार, असोज ३, २०७५


सुरुङ्गा, असोज ३ । कनकाई–१ स्थित प्रजापति सामुदायिक वन समूहको आयोजनामा झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बुधबार वन समूहको क्षेत्रभित्र रहेको अति सुन्दर पर्यापर्यटकीय स्थल गैंडे आहालमा आयोजित पत्रकार भेटघाटमा सो सम्बन्धी जानकारी गराइएको हो । सो प्रतियोगितामा झापाभित्रका ५९ वटा वन समूहको प्रतिनिधित्व रहने र असोज १३ गते शुरु भएर प्रतियोगिता असोज ३० गते समापन हुने वनसमूहका अध्यक्ष समेत रहेका खेल सञ्चालन मूलसमितिका संयोजक सूर्यकुमार थापाले जानकारी दिए ।

‘सामुदायिक वन, युवा र प्रतिभा हाम्रो गहना, पर्यापर्यटनमा गैंडे आहाल प्रबद्र्धन हाम्रो चाहना’ तथा ‘सामुदायिक वन युवाको मन’ लगायतका नारासहित सम्पन्न हुने उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई १ हजार ११ हजार १ सय ११ नगद, ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेलाई ७५ हजार ५ सय ५५ ट्रफी र प्रमाणपत्र, र तृतीय हुनेलाई ४१ हजार १ सय ११ नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिने समूहकी सचिव मेनुका श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगिताको हरेक दिन म्यान अफ दी म्याचलाई १ हजार नगद र अन्तिम दिन म्यान अफ दी सिरिजलाई १० हजार नगद प्रदान गरिने बताइएको छ ।

खेल सम्पन्न गर्न १५ लाख खर्च हुने र उक्त रकम हरेक टीमको प्रवेश शुल्क १० हजार रुपैयाँ तथा अन्य चन्दा, सहयोगबाट पुरा गरिने खेलकुद आयोजक समितिका सचिव ईश्वर सुवेदीले बताए । वन र युवालाई जोड्ने, पर्यापर्यटकीय क्षेत्र गैंडेआहालको प्रचारप्रसार गर्ने र युवालाई गोलबद्ध गर्ने उद्देश्यका साथ नेपालीहरुको महानपर्व दशैंको अवसरमा खेल आयोजना गरिएको प्रतियोगिताको मुख्य सहयोगी संस्था प्रजापति सामाजिक क्लबका अध्यक्ष दीपेश रिमालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर