Aamsanchar

‘छक्का पञ्जा ३’को ट्रेलर रिलिज, असोज २४ गतेबाट हलहरुमा

Author Image
शनिवार, असोज ६, २०७५

काठमाडौं,

यस वर्षकै प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ को ट्रेलर सार्वजनिक भएको छ। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा सामाजिक विषयबस्तुलाई कमेडी तरिकामा प्रस्तुत गरिएको छ। निर्माण युनिटले ट्रेलर रिलिज गर्दै फिल्मको प्रदर्शन मिति पनि तय गरेको छ। धेरैको चासो रहेको यस फिल्मको प्रदर्शन मिति दसौंको घटस्थापना अर्थात असोज २४ गतेलाई तोकिएको छ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको ‘छक्का पञ्जा ३’मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, वुद्धि तमाङ, दीपिका प्रसाईं, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइराला लगायतको अभिनय रहेको छ।

फिल्ममा प्रियंका कार्कीको पनि केमियो रहनेछ। दीपकराज गिरी कथा रहेको फिल्ममा दीपक, जीतु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत सुन्न सकिन्छ। फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्।

हेर्नुहोस् ट्रेलर:

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)