Aamsanchar

सोह्रश्राद्धको महत्व , कुन तिथिमा कसको श्राद्ध गर्ने ?

Author Image
मङ्गलवार, असोज ९, २०७५

काठमाडौं ।

आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमावश्य सम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्र वटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापूर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ । तिथिको आधारमा पर्ने हुनाले प्रत्येक वर्ष सोह्रश्राद्ध शुरु हुने समय फरक हुन्छ ।

२०७५ सालमा सोह्रश्राद्ध २०७५ आश्विन  ९ गते बिहान ७ बजेर ४२ मिनेटबाट सुरु भई २०७५ साल आश्विन २३ गते ९ बजेर १३ मिनेट सम्म सोह्रश्राद्ध परेको छ । अहिलेको समयमा प्रायजसो मानिसहरुले भन्ने गर्दछन् जिवित हुँदा हामीले बुबा आमालाई खान दिइहाल्यो मरेपछि किन दिने भन्दछन् । जसले जिवित आमा बुबाको राम्रो सँग पालनपोषण गरेन ।

उसले मरेपछि पनि केहि गर्दैन तर जसले जीवित हुँदानै खानदियो लाउन दियो र सोधिखोजी गर्यौ भने उसले पक्कैपनि मरेपछि पनि आमा बुवाको तिथिमा उसले श्राद्ध गर्दछ । आमाबुवा मरेपछि के दिने त भन्दा पिण्ड तथा जल दिने हो  । पिण्ड भनेको अन्न हो र जल भनेको पानी हो ।

आफ्ना आमा बुबाको तिथिमा श्राद्ध गरेर हाम्रो शरीरमा भएको विभिन्न चक्रहरु विषेशगरि हृदय चक्रलाई उजागर गरी फल प्राप्त गरिरहेको हुन्छौ । हामीले आमा बुबा परलोक भएको तिथिमा गरिने एकोदृष्ट श्रादमा दिएको अन्न तथा जल वर्षभरीनै पितृहरुले प्राप्त गर्दछन् भन्ने शाश्त्रीय मान्यता रहेको छ । सोह्रश्रादको समयमा आफ्ना आफ्ना पितृहरु घरको अगाडि आएर बस्छन् भन्ने मान्यता रहेको छ । एउटा शाश्त्रीय भनाई के रहेको छ भने गएको कुसे औँसीबाटनै पितृहरु घर वरपर आएर मेरा छोराहरुले तर्पण दिन्छन् रदिँदैनन्, जल दिन्छन् रदिँदैनन्, पिण्ड दिन्छन्र दिँदैनन् भनेर बसिरहेका हुन्छन् ।

मानिसहरुले खानमा मासुपनि मिलाउने गर्दछन् । यो समयमा जो मांशहारी हुनुहुन्छ ती व्याक्तिहरु शाकाहारी हुँनु पर्दछ । जसका माता पीता हुँनुहुन्न उनीहरुले शुद्ध शात्विक भोजन गर्नुपर्दछ र तामसी भोजनहरु ग्रहण गर्नु हुँदैन । पितृको तिथि नआउन्जेल सकिन्छ भने एक छाक भोजन तथा एकछाक रोटी ग्रहण गर्नपर्दछ । अगाडि नै हात गोडाका नङ काट्ने, दिन प्रतिदिन स्नान गर्नु पर्दछ । शुक्ल पक्ष वा कृष्ण पक्ष जुन पक्षमा दिवंगत भएपनि त्यही तिथिमा नै श्राद्ध गरिन्छ ।

जसको कुमार अवस्थामा दिवंगत भएको हुन्छ त्यसको पञ्चमीमा श्राद्ध गर्नुपर्छ । पञ्चमि तिथिमा गरिने श्राद्धले उनीहरुको आत्माले शान्ति पाउछ । आश्विन कृष्ण पक्षको नवमीलाई मातृ नवमी भनिन्छ । स्त्रीजातीको वा आमाको श्राद्ध गर्नुपरे मातृ नवमीलाई राम्रो मानिन्छ ।

मातृ नवमीको दिने तर्पण, जल तथा पिण्डले आमाको मात्र हैन त्यस कुलमा भएको सम्पूर्ण स्त्रीहरुको उद्वार हुन्छ भन्ने शाश्त्रीय मान्यता रहेको छ । परिवारका पुर्वज तथा बुबाहरुले सन्यास दिनुभएको भए एकादशी तथा द्वादशी तिथिमा श्राद्ध गर्नुपर्दछ । जसको अकालमा, दुर्घटनामा, अश्त्रश्त्रमा मृत्यु भएको छ भने अरु तिथिमा भएपनि चतुर्दसीमा श्राद्ध गर्नुपर्दछ ।  आफ्ना पितृहरुको तिथि थाहा छैन भने औंसी तिथिमा श्राद्ध गर्दा सम्पूर्ण पितृहरु प्रशन्न हुन्छन् ।

श्राद्ध गर्दा विभिन्न नियमहरुको पालना गर्नु पर्नेहुन्छ । श्राद्धको दिन दात माज्दा ब्रस तथा मलमको प्रयोग नगरि कुनै वृक्ष वा दतिउनबाट दाँत माज्नु पर्दछ । श्राद्धभन्दा अगाडि पान लगायत यस्तै बस्तुहरुको ग्रहण गर्नु हुँदैन ।

श्राद्ध नसकिकन शरीरमा तेल नलगाउनु, श्राद्धको दिन अरुको अन्न नखानु नै श्राद्ध गर्दा पालना गर्नुपर्ने नियमहरु हुन् । श्राद्धमा पढ्नको लागि गरिने ब्रमाणहरु जो चोरी कर्म गर्दछ, जो मासुको व्यापार गर्छन्, तिनीहरुलाई श्राद्धमा बोलाउनु हुँदैन । शुद्ध ब्राह्मण एउटा उर्जा शक्ति हुन्छ त्यो तपाईँका पूर्वजहरुलाई प्राप्त हुन्छ । भगवान रामले पनि आफ्ना पिताजीको मृत्युको खबर भयो भनेर थाहा पाएपछि पुस्कर क्षेत्रमा गएर श्राद्ध गर्दिनु भयो ।

ऋषि मुनिहरुलाई बोलाएर फलफूलहरु ग्रहण गराउनु भयो । त्यतिखेर फलफूल वितरण गर्दैगर्दा घरभित्र सीता आइन् र रामले किन भित्र आएको भन्दा सीताजीले जवाफ दिइन् मैले हाम्रा पूर्वजहरुको अनुहार ब्रह्माणको शरीरमादेखि भनेर भनेकी थिइन् । जो ब्रह्माणहरुले मासु खाएर शाश्त्र पढ्दछ तिनीहरुको शरीरबाट उर्जा हराएर जान्छ । काला दाँत भएका तथा लामा लामा नङ भएका ब्रमाणहरुबाट पनि श्राद्ध नगराउनु भनिएको छ । अन्नमा किरा परेकोछ , अन्नहरुमा कुकुर तथा कुखुराहरुले दृष्टि दिएको  भने  ती अन्नहरु प्रयोग नगर्नु भनिएको छ ।

श्राद्धको समयमा मुसुरीको दाल, गाजर, कुपिण्डो, लौका, बैगुन, कालो नुन, प्याज तथा लशुन चलाउन हुँदैन । किन भन्दा यी चिजहरु गन्द प्रदान भएको हुनाले पितृहरु रुष्ट हुन्छन् । पहेलो सेतो फूलहरु चडाउनु पर्दछ । चन्दन चलाउदा पहेलो चलाउनु पर्दछ ।

रातो चन्दन चडाउनु हुँदैन किनकी रातो चन्दन भनेको तमोगुणको प्रतिक हो । पहेँलो तथा सेतो चन्दन सत्वगुणको प्रतिक हो । पिण्ड कत्रो दिने भन्ने प्रश्नपनि उब्जिन्छ एकोदृष्ट श्राद्धमा सरिफाको फल जत्रो, वार्षिक श्राद्ध( जो मरेको एक बर्षमा गरिन्छ त्यस समयमा  नरिवलको भित्रको दानो जत्रो, मासिक श्रादमा पनि नरिवलको दाना जत्रोनै दिनु पर्दछ । तिथि श्राद्धमा कुखुरामो अण्डा जत्रो, पावण श्राद्धमा अमलाको ठूलो दाना जत्रो दिनुपर्दछ ।

पिण्ड भनेको ब्रह्माण हो आफ्ना पितृहरुलाई हे हजुर मैले तपाईँलाई देखेको छैन, मैले हजुरलाई घिउ,चिनी दूध मिसाएर बनाएको पिण्ड अर्पण गरेको छु भनि अग्रजहरुलाई सम्झनु पर्दछ । औँसीको दिन पितृहरु फर्कने दिन भएकोले औँसीको दिन साँझमा दियो बालिदिने, पितृहरुको फोटो राख्ने, खीर बनाएरु चडाइदिने र भन्ने हजुरहरुको यात्राको लागि मैले बत्ति बालेको छु भोजन बनाएको छु ।

श्राद्ध गरिसकेको भएपनि पितृहरुलाई सम्झनाले आशीर्वाद प्राप्त हुन्छ । एउटा भनाई पनि छ देवताले दिन्छन् पितृहरुले हर्छन त्यसैले आफ्ना पितृहरुलाई खुसी पार्नु पर्दछ ।घरमा, तिर्थमा, विष्णपादुकामा, गोकर्णमा, कोटीहोममा, पशुपति क्षेत्रमा,बद्रिमा जहाँ गएर पनि पितृहरुको श्रद्धा भक्ति गरेर अनन्य आशीर्वाद हामीले लिनु पर्दछ । सोह्रश्राद पछि तुरुन्तै दुर्गा पक्ष, विजय दशमी तथा शुभ दिपावली आउँछ तर पहिलो पितृहरुको आशीर्वाद लिनु पर्दछ अनि देवताहरुको पूजा गर्नुपर्दछ ।–यूवा ज्योतिषि डिपि भण्डारी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर