Aamsanchar

दुई नेपाली युवा भारतमा सम्मानित

Author Image
मङ्गलवार, असोज ९, २०७५

अनिल वाग्ले / मुम्बई।

राष्ट्रबादी विकासशील अभियान नेपाल भारत केन्द्रिय समितिले मुम्बईमा भारतीय चलचित्र निर्माणको क्रममा रहेका नेपाली युवा किरण खतिवडा र मार्सल आर्टका प्रशिक्षक हरि थापालाई सम्मान गरेको छ ।

एक भव्य कार्यक्रमको आयोजना गरी उनीहरुलाई हालै समितिले सम्मान गरेको हो । झापा विर्तामोडका किरण खतिवडा बलिउड चलचित्र निर्माणको क्रममा छन् । निर्देशक, लेखक, डाइरेक्टर एंव अभिनेताका रुपमा चिनिएका खतिवडा र विराटनगरका मार्सल आर्ट प्रशिक्षण थापालाई नेपाली ढाका टोपी, फुलगुच्छाका साथ सम्मान गरिएको थियो ।

थापा नेपालमा जन्मिएर भारतको मुम्बईमा खेल प्रशिक्षण गराउँदै आएका छन् । दुवै अन्तर्राष्टिय प्रतिभाका धनी व्यक्तित्व भन्दै समितिले सम्मान गरेको हो । सम्मान कार्यक्रममा राष्ट्रबादी बिकाससिल अभियान नेपाल ( भारत) अन्तर्रा्ष्ट्रिय बिभाग प्रमुख सिहान नरेन्द्र ओलि , भारत केन्द्रिय अध्यक्ष खड्क सिह, केन्द्रिय सचीव डा. टेक प्रसाद चाड, केन्द्रिय अध्यक्ष नर बहादुर सोनि, केन्द्रिय सदस्य डा. ललित सिह , केन्द्रिय सदस्य शंकर बि. क ., केन्द्रिय सदस्य श्री भरत ताम्राकार लगायतको आतिथ्यतामा उनीहरुलाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर