Aamsanchar

मेची–कोशी साउण्ड सिस्टममा बिनोद

Author Image
मङ्गलवार, असोज १६, २०७५

झापा । मेची–कोशी साउण्ड सिस्टम ब्यवसायी संघको अध्यक्षमा विनोद कठेत सर्वसम्मत चयन भएका छन् ।

सोमबार बिर्तामोडमा भएको तेस्रो अधिवेशनले उपाध्यक्षमा मनोज संग्रौला, मोहन मगर, लोचन यादव, मो. मिल्लत, सचिवमा पेमा छेवाङ, कोषाध्यक्ष इन्द्रबहादुर भूजेल, सह–सचिवमा ताराकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अशोक मण्डल, रोहित ओली, प्रविण साह चयन भएका छन् ।

‘आर्थिक विकास र व्यवसायिक समृद्धिका लागि हाम्रो एकता’ भन्ने नाराका साथ साउण्ड सिस्टम व्यवसायी संघ मेची–कोशीले बिर्तामोडमा गरेको तेस्रो अधिवेशनमा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

२०७० सालमा झापा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी संगठित हुन शुरु गरेको साउण्ड सिस्टम व्यवसायी संघमा हाल तीन सय जना व्यवसायी आवद्ध रहेका छन् ।

कार्यक्रममा अंग्रेजी, हिन्दी र प्यारोडी भजनलाई प्राथमिकतामा नराख्ने र नेपाली मातृ, राष्ट्रिय भाषा, लोकभाकाका आधुनिक गीतलाई बजाएर नेपाली भाषा संस्कृतिको जर्गेना गर्नेतर्फ संस्था अघि बढ्ने बताइएको छ । डम्बरबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा बलराम कार्की, दीपेन्द्र पौडेल, सुन्दर श्रेष्ठ, सुन्दर चित्रकार लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रविन तिम्सिनाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)