Aamsanchar

क्यान्सर रोगीलाई सहाराको साथ

Author Image
मङ्गलवार, असोज १६, २०७५

बिर्तामोड।

झापाको अर्जुनधारा–५ का दाताराम भण्डारीले सुनेका मात्रै थिए दसा वजा बजाएर आउँदैन । भतिजाको उपचारका लागि उनी जतिवेला अस्पताल पुगे तब मात्रै थाहा भयो कि दासा वाजा नबजाई अउँदो रहेछ ।

सकुसल रहेका भण्डारी जब भतिजाको पित्तथैलीको उपचारका लागी अस्पताल पुगे अनि आफ्नो पनि स्वास्थ्य जाँच गराउँदा आन्द्रमा क्यान्सर भएको थाहा पाएपनि उनी छागाबाट खसे । भतिजाको उपचारका लागि अस्पताल पुगेका भण्डारीले पानी निल्दा घाँटीका केही अड्के जस्तो लागेपछि स्वास्थय परीक्षण गराएका थिए ।

स्वास्थ्य परीक्षण गराउदा घाटीमा केही नभएको तर वायप्सी गरेर हेर्दा उनको आन्द्रमा क्यान्सर देखिएको थियो । भण्डारीले भने – यस्तो अबस्थामा मेरा लागि सारथी बन्यो सहारा नेपाल । सहारा नेपालले क्यान्सर रोगको उपचारका लागि आर्थिक सहयोग गरेपछि उनी अहिले दंग मात्र छैनन् उनले नयाँ जीवन पाएका छन् ।

सहारा नेपालका सदस्य समेत रहेका उनलाई उपचारका लागी सहकारीले ५ लाख रुपैंया सहयोग गरेको छ । उनी अहिले क्यान्सर रोग मुक्त भएका छन् ।

उनी मात्र होइन उनी जस्ता धेरैको सारथी बन्यो सहारा किन कि सहाराले सञ्चालन गरेको जीवन वरदान कार्यक्रम अनर्तगत गम्भिर प्रकृतिका राृग लागेका धेरैलाई आर्थिक सहयोग गरेपछि सहारा सबैको सारथी बनेको हो ।
यसैबीच सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले जीवन बरदान कार्यक्रम अन्र्तगत मंगलबार ७ जना क्यान्सर रोगीलाई २५ लाख ५० हजार रुपैंया सहयोग गरेको छ ।

सहाराले कोही पनि उपचार अभावमा मृत्युवरण गर्नुनपरोस् भनेर जीवन वरदान कार्यक्रम ल्याएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्र गिरीले बताए । उनले भने– क्यान्सरका रोगीलाई थोरै भएपनि उपचारमा सहयोग मिलोस् भनेर उपचारमा सहयोग गरेका हौं ।

जीवन वरदान कार्यक्रम मार्फत गिजाको क्यान्सर भएकी शिवसताक्षीका कर्णबहादुर बिकलाई २ लाख ५० हजार, आन्द्राको क्यान्सर भएकी बिर्तामोड नगरपालिका–५ रीमा लिङदेनलाई ५ लाख, टाउकाको क्यान्सर भएकी बाह्रदशी–५ की केन्द्रमाया कार्कीलाई २ लाख, घाँटीको क्यान्सर भएका बिर्तामोड नगरपालिका–५ का टिका पकुवाललाई ५ लाख, आन्द्राको क्यान्सर भएका कनकाई नगरपालिका–३ का भानुभक्त कटुवाललाई ४ लाख, आन्द्राको क्यान्सर भएका अर्जुनधारा नगरपालिका–५ का दाताराम भण्डारीलाई ५ लाख र स्तन क्यान्सर भएकी बिर्तामोड–२ की सावित्रा कडेललाई २ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको छ ।

उनीहरुको उपचारमा बिलको आधारमा सहाराले ५ लाख रुपैंया सम्म सहयोग गर्ने कार्यकारी निर्देशक गिरीले बताए ।

जीवन वरदान सञ्चालन हुदैं आएपनि पहिलो पटक क्यान्सर रोगका विरामीहरुलाई रकम हस्तान्तरण गरिएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर