Aamsanchar

अनुदानमा तोरीको बीउ वितरण

Author Image
बुधवार, असोज १७, २०७५

तुलसीपुर,

तुलसीपुर उपमहानगरपालिका कृषि शाखाले यसवर्ष ३० क्वीन्टल तो रीको  बीउ वितरण गरे को  छ । तुलसीपुर उपमहानगरपालिका–१९ वटा वडाका किसानलाई अनुदानमा उन्नत जातको तोरीको बीउ वितरण गरेको कृषि शाखाका प्रमुख तिलकबहादुर केसीले जानकारी दिनुभएको छ ।

कृषि शाखाले शान्तिनगर–३ साउनेपानीस्थित दीप कृषि सहकारी संस्था र साउने पानी सहकारीबाट उन्नत जातको तोरीको बीउ खरीद गरी कृषकलाई वितरण गरेको हो । रु ११० प्रतिकेजी तोरी खरिद गरी किसानलाई मागअनुसार रु ५५ केजी वितरण गरेको केसीले जानकारी दिनुभयो ।

त्यस्तै शाखाले बीज वृद्धि कार्यक्रमअन्तर्गत तुलसीपुर–१२ स्थित पशुपति आत्मनिर्भर बीउबिजन सहकारी संस्थालाई ५० किलो निःशुल्क तोरीको बीउ वितरण गरेको बताएको छ । पाँच हेक्टर जमीनमा उन्नत जातको तोरीखेती गरी आगामी वर्षमा सोही बीउ किसानलाई वितरण गरिने कृषि शाखाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र ४२ हेक्टर जमीनमा तोरी खेती हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर