Aamsanchar

‘नाम अनुसारको काम हुन्छ’

Author Image
बुधवार, असोज १७, २०७५

झापा बिर्तामोड– १ मा बसोबास गर्ने तपस्या सुवेदी बस्नेत विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा परिचित नाम हो । वाल्मीकि प्रोभिडेन्स कलेज अफ मेनेजमेन्टमा अंज्रेजी विषयमा अध्यापन गराउने शिक्षकका रुपमा परिचित उनको परिचय अब त्यत्तिमा मात्र सिमित छैन । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी भाषा शिक्षण गराउने कोर्ष (आइइएलटीएस)को शिक्षण गराउन निपूर्ण बस्नेतले हाल राइट एजुकेशनल सर्भिसेस प्रालि सञ्चालन गरिरहेकी छिन् । उनले बिर्तामोडस्थित धनराज मिनी मार्केटमा राइट एजुकेशनल सर्भिसेस प्रालि केही महिना अघिबाट सञ्चालनमा ल्याएकी हुन् । बिर्तामोड क्षेत्रमा कन्सलटेन्सी सञ्चालन गर्ने उनी एकमात्र महिला व्यवसायी हुन् । बिर्तामोडमा अनेकै कन्सलटेन्सी सञ्चालनमा रहे पनि विगतको लामो अनुभवका कारण उनले आफ्नो एक्लो प्रयासमा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै यो कन्सलटेन्सी सञ्चालनमा ल्याएकी हुन् । उनै महिला कन्सलटेन्सी व्यवसायीसँग गरिएको कुराकानी ःकिन यो व्यवसायमा प्रवेश गर्नुभयो ?
– अहिले विद्यार्थीहरु माझ विदेश अध्ययनका लागि जाने मोह छ र त्यसमा पनि अष्टे«लिया अध्ययनका लागि जानेको त लहर नै चलेको छ । धेरै विद्यार्थीहरु उचित सल्लाह, सुझाव नपाएका कारण आफ्नो गन्तव्यमा पुग्न सकिरहेका छैनन् । यसै विषयलाई ध्याममा राखेर विद्यार्थीहरुको इञ्छा अनुसारको विषय र कलेज युनिर्भसिटीहरु उनीहरुले नै रोजेको सहरमा पठाउनका लागि मेरो प्रयास रहन सकोस् भनेर यता केन्द्रीत भएकी हुँ । विद्यार्थीलाई सहजरुपमा अध्ययन अध्यापन गराउने विषयमा परामर्श दिनु मेरो विचारमा व्यवसाय होइन । यसलाई म व्यवसाय मान्दिन । सहजरुपमा विद्यार्थीलाई परामर्श दिनु चाहिँ शुरु गरेकी हुँ ।

                                          तपश्या सुवेदीः प्रबन्ध निर्देशक राइट एजुकेशनल सर्भिसेस प्रालि

के–के गर्छ राइट एजुकेशनल सर्भिसेस प्रालिले ?
– विदेशमा पढ्न चाहने विद्यार्थीलाई शुरुको अवस्थामा नभई नहुने विषयवस्तु भाषा नै हो । त्यो विषयमा हामी प्रशिक्षण दिन्छौं । भाषाको ज्ञान नभईकन विद्यार्थीहरुलाई विदेशमा गएर पढ्न त्यति सहज छैन । यस्तो अवस्थामा सबैभन्दा पहिला हामी उनीहरुलाई यस विषयमा जानकारी दिन्छौं । त्यसका अलावा हामी उनीहरुको आर्थिक अवस्था अनुसारको र रोजाइको विषय अध्ययन अध्यापन गराउने कलेज र युनिर्भसिटीहरु छानेर त्यहाँ विद्यार्थी पठाउन सल्लाह दिन्छौं । जान चाहने विद्यार्थीको सम्बन्धित कागजपत्र र भिषा प्रोसेसिङको काम गर्छाै । विद्यार्थीलाई विदेश अध्ययनका लागि जाँदा देखाउनुपर्ने आर्थिक स्रोतका लागि पनि परामर्श दिँदै आएका छौं ।

विदेश अध्ययनका लागि जान चाहाने विद्यार्थीलाई तपाई आफैं आइएलटिएसका कक्षा दिनुहुन्छ ?
– हो, म आफैं पनि लामो समयसम्म आइएलटिएसका टेष्ट दिएर बिट्रिस काउन्सीलबाट तालिम लिइसकेकी छु । यसले गर्दा मलाई मेरा विद्यार्थीहरुलाई दिनुपर्ने सिप म मा छ र उनीहरुले अध्ययन गर्ने विषयमा दक्ष बनाउन सक्छु । सोही कारण म आफैं आइएलटिएसका कक्षा लिन्छु । मैले आजसम्म अध्ययापन गराएका कोही पनि विद्यार्थी मसँग सन्तुष्ट नभएको मैले पाएकी छैन । धेरैै विद्यार्थीले चाहे अनुसारको स्कोर ल्याउन सकेका छन् । त्यो नै मेरा लागि खुशीको विषय हो ।

कलेज पढाउनु र व्यवसाय सञ्चालन गर्नु फरक विषय होइन र ?
– विशेषतः बिहानदेखि बेलुकासम्म म विद्यार्थीसँगै हुन्छु । यो फरक पाटो होइन । विद्यार्थीसँग र अध्ययनसँग सम्बन्धित पाटो भएकाले मलाई त्यस्तो लाग्दैन । बरु गर्व लाग्छ किनकि मेरो सानो प्रयासले पनि विदेशमा अध्ययनका लागि जाँदा एकजना विद्यार्थीले त्यहाँको भाषा र युनिर्भसिटीको विषय नबुझ्दा दुःख नपाउन् ।

महिला हुनुहुन्छ च्यालेन्ज त हुन्छ होला नि ?
– यहाँ धेरै वर्षदेखि धेरैले व्यवसाय गरिरहेका छन् । तर, मैले अघि नै भनिसके मैले यसलाई व्यवसायभन्दा पनि सेवाभावले यो बाटो रोजेकी हुँ । मैले यहाँ धेरै व्यवसायीहरुले विद्यार्थीहरुलाई परामर्श दिने नाममा अन्यौलमा पारेको पाएँ र त्यसैले गर्दा पनि मलाई यो क्षेत्रमा काम गर्ने इच्छा जागेको हो । विद्यार्थीलाई यहाँ करियर काउन्सिलिङभन्दा पनि बढी एड्मिसन काउन्सिलिङ गर्नेको भीड यहाँ मैले देखेकी छु । यो हाम्रोमा नहुने भएपछि च्यालेन्ज भन्ने विषय हुने नै भएन नि ।

राइट एजुकेशनल सर्भिसेस प्रालि अष्ट्रेलियाका लागि मात्रै खुलेको हो ?
– हो, अष्टे«लिया जाने विद्यार्थीको अहिले चाप छ । विद्यार्थीका लागि अष्ट्रेलिया एउटा सही गन्तव्य हो । किनकि यहाँको डिग्री विश्वमा प्रख्यात छ । विद्यार्थीले आफूले चाहेको विषयमा इच्छा अनुसारको कलेज र युनिर्भसिटी छानेर सजिलो प्रक्रियाबाट जान पाइने भएकाले विद्यार्थी माझ अष्ट्रेलिया प्रख्यात छ ।

झापामा आइएलटिएसका लागि दक्ष प्रशिक्षकको कमी छ भन्ने सुनिन्छ नि । तपाईं एक्लैले कसरी आइएलटिएसका कक्षा सञ्चालन गर्नुहुन्छ ?
– तालिम प्राप्त र दक्ष प्रशिक्षकको कमी नै हो । यसमा ढाट्नु हुँदैन । तर, हामीकहाँ त्यो छैन । म आफैं यो क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी छु । लामो अनुभव छ म मा । म सँगै मेरा सहकर्मी पनि छन् यस राईट एजुकेशनमा । समग्र झापाको कुरा गर्ने हो भने प्रशिक्षकको कमी नै छ भन्नुपर्छ । तालिम प्राप्त प्रशिक्षक नै झापामा प्रर्याप्त छैनन् ।

भावी योजना के छ तपाईंको ?
– यही राईट एजुकेशनलाई राइट अर्थात् ठीक ढंगले सञ्चालन गर्दै शिक्षा क्षेत्रमै सेवा गर्ने मेरो सोचाई छ । मैले सञ्चालन गरेको राईट एजुकेशको नाम जस्तै काम गर्ने लक्ष्य छ मेरो । जतिञ्जेल सक्छु म राम्रो काम गरेर गुणस्तरीय परामर्श दिएर विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सक्रिय रहन्छु ।

अब कलेज कि कन्सलटेन्सीमा सेवा रहन्छ तपाईंको ?
– कलेजबाट करियर शुरु भएको हो मेरो । त्यसैले कलेज छाड्न सक्दिन म । कन्सलटेन्सी चाहिँ सेवा हो । सकुञ्जेल सही सेवा गर्छु । यसबाट मलाई केही कमाउँ भन्ने छैन । पढाईसँग नै सम्बन्धित भएकाले म दुबैलाई सँगसँगै अगाडि बढाउँदै जान्छु । हेरौं समयले के गर्छ त्यो भन्न सकिँदैन । विद्यार्थीलाई सही परामर्श दिँदै उनीहको उज्जवल भविष्यका लागि म सधै कलेजमा भए पनि कन्सलटेन्सीमा भए पनि निरन्तर सेवा गरिरहन्छु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर