Aamsanchar

 चलचित्र “दैलो” को ट्रेलर सार्वजनिक

Author Image
बिहिवार, असोज १८, २०७५

असोज १९ । सामाजीक कथा वस्तुमा आधारीत नेपाली कथानक  चलचित्र “दैलो” को ट्रेलर सार्वजनिक भएको छ । जमुना देवि  फ्ल्मिस  प्रा.लिको  ब्यानरमा  निर्माण भएको चलचित्र “दैलो” को ट्रेलर हाईलाइृट्स  नेपालले युट्भ च्यानल मार्फत सार्वजनिक गरेको  हो  । 

सुरेश उप्रेतीको लेखन  तथा  निर्देशनमा निर्माणमा  भएको नेपाली कथानक चलचित्र “दैलो”ेमा अप्रत्यक्ष दाईजो , शिक्षक र विद्यार्थी वीचको आत्मिय सम्वन्ध , अभिभावकको  त्याग र समर्पण लगायतका सामाजीक विषय वस्तु कथाको रुपमा प्रस्तुत गरीएको छ  । केही समय अघि सार्वजनिक गरीएको बहु प्रतिक्षीत  “कुतु कुतु लाग्यो मलाई , कुतु कुतु” बोलको गित दर्शक तथा श्रोता माझ निकै रुचाइृएको छ । उक्त गितमा नबोदित गाायिका  दुर्गाा साउतले  स्वर दिनु भएको छ । लक्षु प्रकाश मल्लको  संगित तथा  बिमल भट्टराईले शब्द लेख्नु भएको “कुतु कुतु लाग्यो मलाई , कुतु कुतु” बोलको  उक्त गित युटुवमा सर्वजनीक भएपछी सर्वत्र चर्चा समेत पाएको छ  ।
 

चलचित्रमा  आईटम  गीतका रुपमा प्रस्तुत  गरिएको उक्त गितमा गम्बीर बिष्टले नृत्य  निर्देशन  गर्नुभएको छ भने , पवन पाठकले अभिनय गर्नुृ भएको छ । चलचित्रमा जम्मा २वटा गित रहेको निमार्ण  नियन्त्रक दृष्टान्त आर्चायले जानकारी दिनु भयो ।

बिशुद्ध सामाजिक  तथा पारिवारीक  कथा बस्तुमा निर्माण भएको चलचित्र “दैलो” आउदो कार्तिक ३० गतेबाट  नेपाल अधिराज्य भर एकसाथ  प्रर्दशनमा आउने  निर्देशक सुरेश उप्रतीले जानकारी दिनु भयो । चलचित्र  प्रर्दशनको जिम्मा उपत्यका  बाहिर  एफ डि कम्पनिले  लिएको छ ।

चलचित्रमा सुरेश उप्रेती , दुर्गा साउन ,  बिकाश चापागाई , दिक्षा आर्चाय सापकोटा  , मुना  प्रसाई, दिपक डोटेल , सपना श्रेष्ठ , दिपक अधिकारी ,जिवन कुईकेल  सँजय न्यौपाने अनु ढुङगना  तथा वाल कलाकार सुयोग उप्रती लगायतले अभिनय गर्नुभएको हो ।
 

बिषेश गरि झापा ,ईलाम र काठमाँन्डौमा छाँयाँकन गरिएको चलचित्र “दैलो”मा  बिमल भट्टराईले छाँयाँकनको भुमिका  निर्वाह गर्नु भएको  छ भने तारा थापा किम्बेको  एडिटीङ  र सागर आर्चायले  ५.१  मिक्सिङको कुसलता प्रस्तुत गर्नु भएको छ ।

 

तिन दशक भन्दा बढी  सानो ठुलो चलचित्रमा काम गरि सकेका कलाकार शुरेश उप्रेतीले  लेखन  तथा  निर्दैशनमा निर्माण भएको चलचित्र “दैलो” ले दर्शकको मन जित्ने र सामाजीक शन्देस प्रवाह गर्ने  बताउनु भएको छ । छोरानै चाहिन्छ भन्ने सामाजीक मान्यता विरुद्धमा चदचित्र दैलोले गतिलो सन्देश दिएको उहाले वताउनु भयो 

यसोदा उपे्रती तथा  अर्जुन उप्रेतीको निर्माणमा बनेको चलभित्र दैलौमा  शिक्षक र बिद्यार्थी तथा परिवारमा छोराको भड्कीलो भुमिकालाई सामाजिक रुपले  कथा बस्तुको रुपमा  चित्रण गरिएको छ । 

नेपाल सरकारको चलचित्र जाच समितिले चलचित्र  सेन्सर पास गर्दै दैलोलाई सवैले हेर्न मिल्ने युनीभर्सलको मान्यता दिएको जनाईएको छ । चलचित्र झोला,जात्रा लागायत सन्देश मुलक चलचित्रले यस अघि युनीभर्सलको मान्यता पाएको जनाईएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर