Aamsanchar

मिर्गौला पीडितलाई अर्थाभाव

Author Image
शुक्रवार, असोज १९, २०७५

लिस्बन, 

दुवै मिर्गौला खराब भई उपचार गराइरहनुभएका नवलपुरको गैँडाकोट नगरपालिका–६ का ३३ वर्षीय शक्तिप्रसाद चालिसेको उपचारका लागि ‘नवलपुर समाज पोर्चुगल’ले आर्थिक सहयोग गरेको छ ।

चालिसेको अर्थाभावका कारण उपचारमा समस्या देखिएपछि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको हो । हालसम्म रु एक लाख २३ हजार सङ्कलन भएको समाजका अध्यक्ष जयभद्र सापकोटाले जानकारी दिनुभयो । चालिसेको काठमाडौँको वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि पहल भइरहेको छ ।

उहाँको उपचारका लागि जापान, दक्षिण कोरिया, कतार, साउदी अरबलगायत देशमा सहयोग अभियान थालिएको छ । यसअघि समाजले उहाँको उपचारका लागि रु एक लाख सात हजार चालिसेको परिवारलाई हस्तान्तरण गरिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)