Aamsanchar

बीएण्डसी मेडिकलका सञ्चालक दुर्गा प्रसाईको झापाबाट नयाँ खुलासा

Author Image
आइतवार, असोज २१, २०७५

पछिल्लो समय सबैले बुझ्दै गएका छन् । मैले कसैको विरोध गरेको छैन न म गोविन्द केसीको विरोध गर्छु न त कांग्रेस पार्टीकै मैले देखेका र भोगेका कुरा भन्दा मलाई विरोधीको बिल्ला भिराएर मेरो खेदो खनियो आखिर मैले मेची अञ्चलमा मेडिकल कलेज खोलौं भन्दा नराम्रो गरे त ? यहाँ कै अस्पतालहरुले आफुले नसकेका बिरामीहरु अन्यत्र रेफर गरेर दुःख दिने काम गरेका छन् बीएण्डसीमा उपचार सम्भव छ भन्ने थाहा भएपनि भन्दैनन् यसरी कहिल्यै सम्म दुःख दिने हो ? बीएण्डसी मेडिकल टिचिङ्ग हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई संगको सम्दादित अशंः

पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ?

–पछिल्लो समय म बीएण्डसी मेडिकल कलेजले नै छुट्टै रुपका क्यान्सर रोगीहरुको उपचारमा सहयोग पुगोस् भनेर सञ्चालनमा ल्याउन लागेको पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माण तथा उपकरण खरिद प्रक्रियामा ब्यस्त छु । यो अस्पतालमा विश्व स्तरिय उपकरणहरु जडान गरेर अब क्यान्सर रोगीले उपचारका लागी नयाँ दिल्ली र काठमाण्डौं धाउनु नपरोस भनेर म यसको ब्यवस्थापनमा लागि रहेको छु ।

बीएण्डसी हस्पिटलमा बिरामीको चाप कस्तो छ ?

– ढेड महिना जति भयो अहिले बिरामीको चाप क्रमश बढ्दै गएको छ । केही समय अघि मेरोपछि धेरै लागे मलाई खेदो गरे । मैले नराम्रो त भनेको दिइन तर मलाई विभिन्न लालछञ्ना लगाएर समाजिक सञ्जल देखि सबैतिर खेद्ने काम भयो । त्यसको नकरात्मक असर अस्पतालमा पनि प¥र्यो । यो अस्पताल मैले मेरो उपचारका लागी खोलेको होइन यो अस्पतालले त यहाँका जनताको उपचारमा प्रयोग गरिने हो । पछिल्लो समय यो कुरा बुझ्दै गएका छन् ।

बीएण्डसी हस्पिटल महँगो छ भनिन्छ नी ?

–यो गलत कुरा हो । बिर्तामोडकै कुनै पनि हस्पिटलमा उपचार गरेको बिल लिएर आउनुहोस् । तर सोही प्रकृतिको रोगको उपचारको बिल हाम्रो अस्पतालमा दाँज्नुहोस् । बढी लिएको पाए म के गर्नुपर्छ तयार छु । उपचार गर्न नआउने अनि बाहिर हल्ला गर्दै बिरामीलाई त्रसित गर्ने गिरोह नै सक्रिय छ ।

हो ब्रेन ट्युमर, विभिन्न न्यूरो सर्जरीहरुको उपचार झट्ट हेर्दा महँगो देखिन्छ तर सोही प्रकृतिको उपचार काठमाण्डौं र दिल्लीमा सस्तो लाग्नेलाई बीएण्डसी मँहगो छ भनेर प्रचार गरिन्छ । अमेरिका, जर्मनी लगायतका देशबाट अत्याधुनिक उपकरण ल्याएका छौं । अनि टिनका छानोमा उपचार गरे जस्तो हो त यहाँ सबै सुविधा सम्पन्न छ ।

अहिले बिरामी कुन–कुन स्थानबाट आउने गरेका छन् ?

– अहिले बिरामीहरु मेची अञ्चलका चारै जिल्ला मोरङु सुनसरी, धनकुटा, सिहारा, सप्तरी तथा भारतका विभिन्न स्थानबाट पनि आउने गरेका छन् । क्यान्सर अस्पताल सञ्चालनमा आएपछि जसरी आँखाको उपचारका लागी आँखा अस्पतालले आफ्नो छुट्टै पहिचान बनाएको छ ।

क्यान्सर रोगीको उपचारका लागी पनि पूर्वाञ्चल क्यानसर अस्पतालले आफ्नो पहिचान बनाउने छ । म आफैं क्यानसर रोगी भएकाले पनि यसको उपचारका लागी अब कसैले दिल्ली सम्म धाउनु नपरोस भनेर अमेरिकामा भर्खरै मात्र सञ्चालनमा आएको उपकरण दक्ष्णि एसियाकै पहिलो हस्पिटलको रुपमा भित्र्यिाउदै छु ।

यहाँ केहीसमय अघि बंगलादेश काण्ड र मार्सी चामलले चर्चामा आउनुभयो खास कारण के हो ?

– साह्रै राम्रो प्रश्न गरिदिनुभयो । मैले १८ महिना अघि महिला माथि हुने हिंसाको विषयलाई उठाएर महिला माथि यस्ता र्दुब्यवहार पनि हुन्छ है भनेको थिएँ । उक्त समयमा मेडिकल शिक्षाका लागी बंगलादेश गएकी एक छात्राको मृत्युको विषयले सञ्चारमाध्यम छाएका थिए । तर सो समयमा मैले बोलेको कुरा नआउने अनि टाँउको र पुच्छर काटेर १८ महिना पछि ६ सेकेण्डको भिडियो बनाएर मेरो विरोध खुब गरियो तर मैले कसैलाई नराम्रो भन्न खोजेको थिइन् । अर्को कुरा मेरो घरमा आएका पहुनालाई मैले खुवाएको खानालाई दिएर मार्सी चामलको विज्ञपन राम्रै भयो । यो हाम्रै देशमा फल्छ ।

मैले पार्टी एकता गर्नका लागी दुई अध्यक्षलाई पुलको भूमिका निर्वाह गर्दा यसको गलत ब्याख्या गरेर धेरैले मेरो खेदोखने । आखिर मैले कसैको नराम्रो चिताएको थिइन् त गोविन्द केसीको विरोध नै गरेको हुँ न त काँग्रेस पार्टी विरुद्ध नै मैले बोलेको हुँ बस मैले सत्य यस्तो हो भन्दा मलाई निशानामा पारेर लखेट्ने काम भयो । यसलाई मलाई दुखित बनायो तर हिम्मत हारेको छैन् ।

अहिले बहुमतको सरकार छ । यहाँलाई त सरकार गठन भएको दुई महिना भित्र मेडिकल कलेजको स्वीकृति दिने नेकपाका दुई अध्यक्षले आश्वासन दिएका थिए के भयो अहिले ?

– नेताहरुमा बिर्सने बानी हुन्छ । हो मलाई भन्नु भएको हो बीएण्डसीमै भएको कार्यक्रममा मेरा श्रदेय नेता पुष्पकमल दाहाल र केपी शर्मा ओलीले दुई महिनापछि फायल लिएर आउनुभन्नुभएको थियो ।

तर सरकार गठन भएको सात महिना भइसक्दा पनि उहाँले आफ्नो बाचा पुरा गर्नुभएको छैन् । अझै पनि आशा मारेको छैन पक्कै पनि आफ्नो बचनको पक्का हुनुहुनछ भन्नेमा म विश्वस्त रहेको छु ।

अन्त्यमा के भन्नुहुन्छ ?

– नजिकिदैं गरेको बडा दशैं, शुभदिपावली र छठ पर्वको शुभकामना ब्यक्त गदर्छु । मैले मेरा छोराछोरी डाक्टर पढाउनका लागी मेडिकल कलेज खोलौं भनेको होइन मेराले पढीसके । यहाँ कलेज सञ्चालन भयो भने हाम्रै छोराछोरीले पढ्ने अवसर पाउने हुन् । यो अस्पताल दुर्गा प्रसाईको होइन यो सारा मेची अञ्चलबासीको साझा सम्पत्ति हो । यसको संरक्ष गर्दै अघि बढौं । अहिले सञ्चलन भइरहेको स्वास्थ्य शिविरबाट सबैले लाभ लियौं ।

अब दशैं लगत्तै हामीले स्वास्थ्य सेवालाई अझ प्रभावकारी र सस्तो दरमा सञ्चालन गर्ने सोच बनाएका छौं । सबै दाजुभाई दिदी बहिनीहरुले अब दिल्ली, काठमाण्डौं र बिराटनगर उपचार गर्न भौतारिनु पदैन् सबै उपचार बीएण्डसी हस्पिटलमा हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर