Aamsanchar

स्वास्थ्य शरिर अनि मात्र चाडपर्ब

Author Image
सोमवार, असोज २२, २०७५

सुरेस खतिवडा 

आफु स्वस्थ छु भन्ने निश्चितता पश्चात मात्र हर्षबढाइँ का साथ चाड पर्व मनाअौ अझ हुन सक्ने रोगको गम्भिर्यताबाट बचौ ,आफु स्वस्थ रहे परिवार ,परिवार स्वस्थ हरे छिमेक अनि सबै छिमेक टोल स्वस्थ रहे पुरै समाज अनि सिंगो रास्ट्र भन्ने बिशेष भिजन बोकेर आर्थिक र सामाजिक रुपमा केहि पछि नै रहेको एक गाउलाई सचेत गराउने मनस्थिति सहित बुद्दशान्ति ने०का० गाउ समिति र ने का क्षेत्रिय समिति ले एक दिने सचेतनामुलक कार्यक्रम सहित बृहत स्वास्थ्य शिबिर गर्दैछ ा चाड पर्ब को पुर्बसन्ध्यामा हुनलागेको यो शिबिर झट्ट हेर्दा किन चाडबाडको चटारोमा…?

भन्ने प्रश्न उब्जिएता पनि लुकेको या लुप्त अवस्थामा रहेका कुनै शारिरिक बिकार देखिएमा ब्यक्ति रमाईलोमा पैसा खर्चिएर अझ गम्भिर बन्ने हैन सतर्क रहि निःशुल्क स्वास्थ्य उपचारमा लागोस भन्ने शिबिर को उदेश्य हो । शिबिर भनौ या यो सचेतनामुलक कार्यक्रम बुद्दशान्ति गाउपालिका को वडा न ४ को तल्लो भेक मा रहेको खुल्ला चौरमा यहि अाश्विन २७ गतेहुन गई रहेको छ। यस दिन निशुल्क अौषधि बितरणका लागि अस्थाई फार्मेसी स्थापना सहित बिशेषज्ञ डाक्टरहरु को अलग अलग च्यम्बरहरु रहने छन।

यो बृहत एक दिने शिबिरमा पुर्बान्चल कै स्वास्थ्य उपचार पद्दत्ति र प्रबिधिमा अब्बल बि०पि०स्वास्थ्य बिज्ञान प्रतिस्ठान ,धरानका महिला रोग बिशेषज्ञ, छाला रोग बिशेषज्ञ, नाककान घाटी रोग बिशेषज्ञ ,कन्सल्टेन्ट फिजिसियन डाक्टरहहरुले बिशेष समय दिनु हुने छ भने स्थानिय स्थरमा रहेका स्वास्थ्यकर्मी हरुको समन्वयात्मक भुमिका रहने छ। अौषधि ब्यवस्थापक उमेश सुबेदी का अनुसार शिबिरलाई चाहिने बिशेषज्ञ सेवा तर्फका अौषधिका लागि NMSRA मेचि बाट बिशेष सहयोग , बिर्तामोड ,धुलाबारी, भद्रपुर का थोक तथा खुद्रा अौषधि ब्यावसायिहरु, स्थानिय स्वस्थय संस्था ,नेपाल स्वास्थ्यकर्मि संघ र अौषधि ब्यावसायि संघ , मेचिका पदाधिकारी हरुबाट ब्यक्तिगत रुपमा उपल्ब्ध हुने छ।

कार्यक्रम संयोजक खड्ग पंधाक सुब्बाको भनाईमा यो शिबिर ले महिलाहरुको पाठेघर को मुखको क्यान्सर सम्बन्धि बिशेष जांच तथा उपचार ,जटिल र शकांस्पद समस्या देखिए निशुल्क उपचारका लागि प्रेषण समेत गर्ने छ। यो बिशेष परिक्षण ले आगमि केही बर्ष भित्र हुन सक्ने पाठेघरको मुखमा कुनै जटिल रोग को भबिस्यबाणि समेत गर्दछ। अथवा स्त्री हरुको समस्यालाई प्रतिकारात्मक , प्रबर्धनात्मक र उपचारात्मक तिनै प्राथमिक हेरचाह बिधि यो शिबिरले अगाल्ने छ।

त्यस्तै गरि ब्यस्त जिबनशैलि ,सुबिधाभोगि जिवनशैलि ,अत्याधिक सवारी साधनको प्रयोग ,शारिरिक कसरत मा कमि , धुवा धुलो ,खानपिनका कारण हुन सक्ने उच्चरक्त चाप (ब्लड प्रेसर),चिनि रोग (डाईबिटिज), मोटोपना(अोबेसिटी),कलेजो सम्बन्धि ,श्वासप्रस्वास सम्बन्धि समस्या भएकाहरुका लागि शिबिरमा बरिष्ट कन्सल्टेन्ट फिजिसियनको परामर्श तथा उपचार सेवा हुने छ।नाककान तथा हाडजोर्नीका समस्या भएकाहरुले समेत आफ्नै घर छेउमा नै उपचार तथा अौषधि सेवा पाउनेछन।

करिब एक हजारलाई शिबिरले लाभान्वित गर्ने योजना रहेको छ। ‘यो निशुल्क जाचको कार्यक्रम कांग्रेसको बिशेष पहलमा भए पनि यहा कुनै कांग्रेसले बिरामी जाच गर्ने नभई बिषेशज्ञ डाक्टरले नै जाच्ने हो र अौषधि समेत तालिम प्राप्त अनि अौषधि बिज्ञान पढेकाले नै बितरण गर्ने भएकाले सबैले आफ्ना छर छिमेक र आफन्तलाई सोही अनुसार वताईदिन र शिबिर मा सहभागि भई बिशेष लाभ लिन अनुरोध गर्दछु’ शिबिर सफल बनाउन खटिरहनु भएका नेपाल बिधार्थि सघका के्द्रिय सदस्य तथा स्थानिय समाजसेवी खड्ग पन्धाक बताउनु हुन्छ।

जनतालाई दिईने ठुला ठुला आश्वासन ले चुनाव जित्नु अनि जितेर हराउनु भन्दा मनले हैन मतले मात्र हारेर पनि मत हाल्न नजानेका जनता कै घाउमा मलहम प्ट्टी अनि स्वासथ्य सेवामा रमाउनु मा नै कांग्रेस आफुलाई भाग्यमानी ठान्दै आई रहेको छ भन्ने कुरा यस्ता छाया मा रहेका साना र समान्य झै लाग्ने तर गहकिलो महत्व बोकेका कार्यक्रम बाट प्रष्ट हुन्छ । यहि शिलशिला मा सबैलाई सहयोग र प्रचार प्रसारका लागि ने का बुद्दशान्ति सभापति चक्र शेर्मा आवाहान गर्नु हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर