Aamsanchar

यस्तो छ कोरियोग्राफर बर्षाको व्यागराउण्ड

Author Image
मङ्गलवार, असोज २३, २०७५

झापा कृषि, राजनिती, शिक्षा, स्वस्थ्य, प्रविधि, व्यापार, कला, साहित्य लगायतका क्षेत्रमा देशमै अग्रसर जिल्लाको रुपमा परिचत जिल्ला रहदै आएको छ । पछिल्लो समय एता झापालाई देश विदेशमा परिचय गराउने विधा मोडलिङ पनि स्थापित बन्दैछ । 

बर्षभरी हेर्ने हो भने झापाका मोडलिङ क्षेत्रका साना ठुला गरी दुई दर्जन भन्दा धेरै कार्यक्रमहरु आयोजना हुदै आएको छ । यस्ता किसिमका कार्यक्रमले थुप्रै यूवालाई नेतृत्व विकास र जीवन जिउने कला सिकाउदै छ पनि, मोडलिङकै कारण झापामा धेरैले बैकल्पिक रोजगारी पनि हाशिल गरेका छन । अझ पूर्ण व्यवसायिक रुपमा यो पेशालाई अंगाल्नेहरुको संख्या पनि कम छैन ।
झापामा आधिकारिक रुपमा संस्था दर्ता गरेर केही संस्थाहरुले ईभेण्ट म्यानेजमेण्डका काम गर्दै आएका छन । त्यस्तै संस्था मध्ये सञ्जिवनी इन्टरटेडमेण्ट पनि पर्छ, त्यसले बार्षिक रुपमा ४ वटा भन्दा बढी कार्यक्रमहरु गर्दै आएको छ । वितेका बर्षहरुमा झापाका विभिन्न सहर र गाउँमा हुने कार्यक्रमका लागि कोरियोग्राफरहरु भने बाहिरी जिल्लाबाट ल्याउनु पर्ने बाध्यता कार्यक्रमलाई हेर्दा प्रस्ट हुने गरेको थियो । तर झापामा अहिले त्यस्तो अवस्था छैन । कोरियोग्राफरको रुपमा केही झापालीहरुले आफ्नो नाम स्थापित गराई सकेका छन । त्यस्तै स्थापित कोरियोग्राफरहरु मध्ये एउटा नाम हो बर्षा शिवाकोटी ।

झापाको मेचीनगर नगरपालिका वडा नं. ९ मागुरमाडीकी स्थाई बासिन्दा बर्षा आजभोली जिल्लामा हुने धेरै कार्यक्रमा देखिन थालेकी छिन । मिस झापा कलेज आईकन, मेचीनगर लिटल आईकन, एसर्ईई आईकन २०१८ र लिटल च्याम्प २०१८ मा कुशल कोरियोग्रफरको क्षमता प्रर्दशन गरेर सबैको मनमा अटाउन सक्ने बनेकी बर्षाको दैनिकी झनझन व्यस्त बन्दै भएको छ ।
आफ्नै सञ्जिवनीको काम र अरु संस्थाहरुले आयोजना गर्ने मोडलिङ ईभेण्डमा व्यत बन्दै आएकी बर्षा सायदै झापामा सबैभन्दा कम उमेरको कोरियोग्राफरमा पर्छिन । १८ बर्षको कलिलो उमेरमा मोडलिङ पेशालाई अंगाल्दै त्यही पेशालाई व्यवसय बनाउन सक्नु जो कोहीको क्षमताले सायदै भ्याउदैन तर बर्षाको मोडलिङ सानै देखिको रुचीको विषय भएकोले मोडलिङका विधाहरु एक पटक प्रत्यक्ष हेर्दा र यूवटुयूव हेरेकै भरमा आफु कोरियो ग्राफर बनेर अघि बढिरहेको बताउछिन बर्षा ।

कन्भेण्ड ईङलिस स्कुल धुलाबारीबाट प्रारम्भिक शिक्षाको अध्ययन सुरु गर्दै विर्तामोड स्थित देवी मावीमा १२ कक्षा अध्ययन पुरा गरिसकेकी बर्षाले हाल सम्म एक सय जना भन्दा बढीलाई मोडलिङको शिक्षा प्रदान गरिसकेको बताउछिन ।
स्टेज प्रोग्रामको व्यस्ततालाई व्यवस्थापन गर्दै अव उनि भिडियो मोडलिङ अभिनय तर्फ पनि अघि बढने सोच तयार पारेको बताउछिन । रातो वर्णकी ५ फिट ६ ईन्च उचाई भएकी बर्षा आफैमा शुन्दर छिन, अनुहार र शारिरिक बनावटको शुन्दरता संगै उनिभित्रको अभिनय कलाको शुन्दर झनै धेरै रहेको पाईन्छ ।

 

सब्द,तस्वीर : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 359

प्रतिक्रिया (०)

सम्बन्धित खबर