Aamsanchar

बिपीको समाजवादलाई विस्तार गर्नुपर्छ : महामन्त्री डा कोईराला

Author Image
बुधवार, असोज २४, २०७५

स्याङजा, 

नेपाली काङ्गे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

स्याङजाको चापाकोटमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, मुलुकको विकास र समृद्धिका लागि बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने आजको आवश्यकता हो ।”

महामन्त्री डा कोइरालाले पार्टी सभापति र प्रधानमन्त्रीको मोहभन्दा पनि आफूले समाज रुपान्तरणको कडी बन्न चाहेको उल्लेख गर्दै मुलुकलाई परिर्वतन गर्न समाज परिर्वतनको खाँचो रहेको बताउनुभयो ।

काङ्ग्रेसले जनताको माग र चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्नेमा जोड दिदैं उहाँले अहिलेको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकाले मुलुकमा अराजकता बढेको आरोप लगाउनुभयो ।

महामन्त्री डा कोइरालाले काङ्ग्रेस सात सालदेखि प्रजातन्त्रको लागि लड्दै आएको उल्लेख गर्दै पार्टी सङ्गठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)