Aamsanchar

सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त :नेता बानियाँ

Author Image
बुधवार, असोज २४, २०७५

हेटौँडा, 

प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा आज हेटौँडामा आयोजित चियापान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “प्रदेशको राजधानी हेटौँडाबाट सारिए काठमाडौँमा नाकाबन्दी लाग्नसकिन्छ ।”

नेता बानियाँले प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत रहेको र नेकपाले चाहेको खण्डमा राजधानी हेटौँडामा नै रहन सक्ने उल्लेख गर्दै आफूहरु हेटौँडामा नै राजधानी राख्नुपर्नेमा जोड दिइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजधानीको विषय प्रदेशसभाले निर्णय गर्ने कुरा हो, हामीले हाम्रोतर्फबाट हेटौँडामा नै राजधानी राख्ने प्रयास गरिरहेका छौँ, नेकपाका प्रदेशसभा सदस्यले जोड गरिदिए राजधानी हेटौँडामा रहन सक्छ ।” हेटौँडाबाट राजधानी सारिए मकवानपुरवासीले आन्दोलनमा उत्रने र त्यसको प्रभावस्वरुप काठमाडौँमा मकवानपुरले नाकाबन्दी लगाउन सक्ने अवस्था आउने उहाँको भनाइ छ ।

नेता बानियाँले सडक सञ्जाल, सुरक्षा संवेदनशीलता र रणनीतिक दृष्टिकोणले प्रदेश नं ३ को राजधानी हेटौँडा उपयुक्त रहेको बताउनुभयो ।

युनियनका जिल्ला अध्यक्ष कुमार अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर