Aamsanchar

‘ट्राफिक ¥यापिड स्क्वाड’ अभियान शुरु

Author Image
बुधवार, असोज २४, २०७५

काठमाडौँ, 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ‘ट्राफिक ¥यापिड स्क्वाड’ अभियान सञ्चालनमा ल्याएको छ ।

महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन र बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न र सडक अनुसाशनलाई अभिवृद्धि गर्न चाडवाडको समय पारेर उक्त अभियान सञ्चालनमा ल्याएको हो ।

चाडबाडको समयमा उपत्यकाका भित्री सडकमा धेरै सवारी जाम हुनाका साथै चोरीका समेत घटना बढ्ने भएकाले त्यस्तो घटना हुन नदिन तथा तत्काल घटनास्थलसम्म पुगेर आवश्यक काम कारवाही गर्न उक्त अभियान सञ्चालन गरिएको महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

प्रत्येक दिन ५५ वटा मोटरसाइकलमा नेपाल प्रहरीका ५५ र ट्राफिक प्रहरीका ५५ प्रहरीलाई परिचालन हुनेछन् । उपत्यकालाई १० क्षेत्रमा विभाजन गरी जनशक्ति खटाइएको छ । जसमध्ये काठमाडौँ ६, भक्तपुर दुई र ललितपुरमा दुई सेक्टर बनाएर परिचालन गरिएको पन्तले बताउनुभयो ।

फ्लोसेन्ट जकेट लगाएर मोटरसाइकलमा हिँड्ने प्रहरीले कलम, कपी, क्यामरा, टर्च लाइट, सञ्चार सेट बोक्नुपर्नेछ । जसले घटनाका बारेमा सम्पूर्ण विवरण अनुसन्धानमा सहयोग पुग्नेछ ।

अभियानको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन र सुरक्षालाई चुस्त–दुरुस्त बनाउनका लागि यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “५५ मोटरसाइकलबाट शुरु भएको अभियान आगामी दिनमा आवश्यकता हेरेर अन्य शहरमा समेत विस्तार गर्नेछौँ,” उहाँले भन्नुभयो ।

महानिरीक्षक खनालले प्रहरी जनताको सेवा गर्ने निकाय भएकाले लोभलालचमा नपरी जनतालाई सेवा दिन निर्देशन दिनुभयो । “नतिजामुखी भएर काम गर्नुहोस्, प्रहरी भएर बदमासी गर्न पाइँदैन, बदमासी गर्ने व्यक्ति प्रहरीभित्र बस्न पाउँदैन,” उहाँले भन्नुभयो ।

महाशाखाबाट सञ्चालन हुने उक्त अभियान शुरुलाई एक महीनाका लागि सञ्चालन हुनेछ । यसको आवश्यकता र प्रभावकारीतालाई हेरेर आगामी दिनमा सेवा विस्तार गर्दै लैजाने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)