Aamsanchar

सहुलियतको चामल बिक्री वितरण

Author Image
बिहिवार, असोज २५, २०७५

तुलसीपुर,

चाडपर्वलाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले सहुलियत दरमा खाद्यान्न बिक्री वितरण थालेको छ ।

बडादशैँ, तिहार र छठपर्वलाई ध्यानमा राख्दै खाद्यान्न बिक्री गर्न शुरु गरिएको हो । असोज १७ गतेदेखि खाद्यान्न बिक्री गरिरहेको सूचना अधिकारी नकुुल चौधरीले जानकारी दिनुभयो ।

सरकारले जिल्लामा पहिलो पटक सहुलियत दरमा बिक्री गर्न चामल पठाएको हो । चाडपर्वमा सर्वसाधारणलाई सहुलियत होस् भनेर सरकारले यस्तो निर्णय गरेको हो । सोना मन्सुली प्रतिकिलो रु ४१ र जिरा मसिनो प्रतिकिलो रु ५१ मा बिक्री वितरण भइरहेको छ ।

“सहुलियत दरमा बेच्न ५०० क्विन्टल चामल आएको छ,” चौधरीले भन्नुभयो । सर्वसाधारणले यहाँस्थित खाद्य संस्थानको कार्यालयबाट अगामी कात्तिक २७ गतेसम्म चामल किन्न सक्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर