Aamsanchar

नेपाली ब्रान्डको टाटा पेन्ट्स पूर्वी नेपालमा

Author Image
बिहिवार, असोज २५, २०७५

बुधबारे ।

नेपाली ब्रान्डको टाटा पेन्ट्स पूर्वी नेपालमा पनि आएको छ । १७ बर्ष पुरानो चितवनमा निर्माण हुने सो पेन्ट्सको विक्रि वितरण पूर्वी नेपालमा पनि बढ्न थालेको हो ।

सो पेन्ट्सले झापाको बुधबारेबाट पनि आफ्नो कारोवार सुरु गरेको छ । बुधबारेमा आर के सप्लायर्सले बिहिबार कारोवारको उद्घाटन गर्दै टाटा ब्रान्डका रंगको विक्रि वितरण गरेको हो ।

बुधबारेका रञ्जित खनाल, रोसन ढकाल र दिपक चम्लगाईंले एक कार्यक्रमका आयोजना गरी बुद्धशान्ति १ का वडाध्यक्ष भिमकुमार नेवारबाट आर. के. सप्लायर्सको उद्घाटन गराएका छन् । सप्लायर्सले ग्रील उद्योगमा प्रयोग हुने सम्पूर्ण फलाम, स्टील पाईप, रेडिमेड ढोका उपलब्ध गराउने संचालक खनालले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)