Aamsanchar

पूनम पाण्डे पनि यौन शोषणको शिकार

Author Image
बिहिवार, असोज २५, २०७५

एजेन्सी ।

भारतीय फिल्मक्षेत्रमा अहिले ‘मिटू’ को ह्यासट्यागले सबै बलिउडकर्मीलाई तानेको छ । यस अभियानले बलिउड चिरपरिचित अभिनेता तथा कलाकाहरुमाथि यौन शोषणको आरोप लागेको छ ।

यसै अभियानमार्फत् बलिउडकी बोल्ड गर्ल मानिने पूनम पाण्डेले पनि आफू यौन शोषणको शिकार भएको खुलाएकी छन् । पुनमले एक प्रौढ अभिनेताले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी छन् । यद्यपि उनले कुनै कलाकारको नाम लिएकी छैनन् ।

उनका अनुसार यो घटना उनले अभिनय गरेको फिल्म ‘द जर्नी अफ कर्मा’ को सुटिङका क्रममा भएको हो । यो फिल्ममा उनको शक्तिकपुरसँग बेड सिन थियो । शक्तिको नाम नलिइकन पुनमले लेखेकी छन्, ‘ती वृद्ध अभिनेतासँगको बेडसिन अहिले पनि सम्झिरहेकी छु । सुटिङ गर्दा उनी यस्तो मुडमा थिए, मानौं हामी साँच्चिकै सेक्स गर्न गइरहेका छौं । मलाई साह्रै असहज भएको थियो ।’

‘म त्यतिखेर निकै नै असहज भइरहेको थियो । यद्यपि म उनको नाम लिन सक्दिँन । यति भन्न चाहन्छु कि उनको छोरीको उमेर मेरो बराबर छ ।’ पूनम पाण्डेसँग ‘द जर्नी अफ कर्मा’ मा शक्ति कपूर उनको अपोजिट रोलमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर