Aamsanchar

लेखा समितिमा तनाव, ‘अाे सचिव के लेखेकाे!`

Author Image
बिहिवार, असोज २५, २०७५

काठमाडौं,

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले लेखेको प्रतिवेदन फरक परेपछि लेखा समितिमा तनाव भएको छ।

उपसमितिले तय गरेको प्रतिवेदन फरक परेपछि सदस्यहरूले कर्मचारीको कामप्रति आपत्ति जनाएका छन्। बिहीबार सिंहदरबारमा बसेको उपसमिति बैठकमा उद्योगीले सरकारलाई प्रतिबद्वता जनाएअनुसार अधिकतम ६३ रुपैयाँ लेखिएको हुनुपर्नेमा कर्मचारीहरूले मनपरी गरेको भन्दै सदस्यहरूले गम्भीर आपत्ति जनाएका हुन्।

उपसममितिका सदस्य पार्वता डिसी चौधरी, प्रेम आले र प्रदीप यादवले सचिव डा. राजोनाथ पाण्डेको कामप्रति आपत्ति जनाएका हुन्। `ओ सचिव हिजो लेखेको ६३ रूपैयाँ खै` सदस्य प्रेम आलेले भने। सचिव पाण्डेले गेट मूल्य लगायतका विषयमा कुरा गरेपछि सदस्यले `निर्णय आलटाल किन गरेको´ भन्दै सदस्यहरूले टेबल ठटाएका हुन्।

लेखा समितिले मूल्य निर्धारण गरेको नभई प्रधानमन्त्रीसँग प्रतिबद्वता जनाए अनुसारको मूल्य कायम गर्न निर्देशन दिइएको संयोजक लेखराज भट्टले बताए।-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर