Aamsanchar

झापामा यसरी मनाइयो ६३ औं प्रहरी दिवस (फोटा फिचरसहित)

Author Image
बिहिवार, असोज २५, २०७५

पार्थ मण्डल / भद्रपुर ।

६३ औं प्रहरी दिवस २०७५ झापा लगायतका देशभर विविध कार्यक्रमका साथ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाद्धारा भद्रपुरमा आयोजित प्रहरी दिवसको अवसरमा यसबर्ष जिल्ला उत्कृष्ट हुने तीन जना प्रहरी कर्मचारी, जग्गादाता र अमर प्रहरी परिवारजनलाई सम्मान गर्दै विविध कार्यक्रमका साथ मनाएका हुन् ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अमर प्रहरी स्तम्भमा माल्याअर्पण गर्दै उद्घाटन गरेको कार्यक्रममा प्रहरी कार्यालय झापाले उत्कृष्ट प्रहरी कर्मचारीतर्फ यसबर्ष प्रहरी हवल्दारद्धय टेकिन्द्र सेन्दाङ, रुपक अधिकारी र प्रहरी जवान मधुनारायण श्रेष्ठरलाई नगद सहित प्रशंसा पत्र दिई पुरस्कृत गरेका थिए ।

प्रहरी कार्यलयलाई निःशुल्क जग्गा दान गरेका जग्गादाता जीवनकुमार लिङ्गदेन र वेदनाथ न्यौपानेलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरेका थिए । त्यस्तै जिल्ला शिक्षा समन्वय ईकाई झापाको समन्वयमा “यौनजन्य हिंसाको कारण, रोकथाम र नागरिकको भूमिका” बिषयक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा प्रथम हुने कविशिरोमणि मावि कक्षा १० मा अध्ययनरत छात्रा बिद्या बेगालाई नगद पाँच हजार, द्धितिय हुने नर्थ प्वाईन्ट इङ्गलिस स्कुलका कक्षा ११ मा अध्ययनरत छात्रा प्रवेशिका थाम्सुहाङ्गलाई नगद तीन हजारसहित पुरस्कृत गरेका थिए ।

त्यसैगरी नेपाल प्रहरी परिवार महिला संघकी केन्द्रीय सदस्य तथा साहित्यकार बिन्दु अधिकारी (ढकाल)ले वीर अमर प्रहरीका परिवार १७ जनालाई दोसल्ला ओढाई सम्मान गरेकी थिइन् । नेपाल प्रहरी संगठनले पठाएको शुभकामना सन्देश प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भिम प्रसाद ढकाल बाचन गरेका थिए, भने स्वागत मन्तव्य प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका कार्यबहाक अध्यक्ष एकराज गिरी, सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीका अध्यक्ष दुर्गाप्रसाद पाठक, झापा उद्योग बाणिज्य संघ भद्रपुरका अध्यक्ष नवराज पनेरु, नेपाल पूव प्रहरी संगठनका केन्द्रीय सदस्य ईन्द्रप्रसाद ओली, नेपाली काँग्रेसका उपसभापति राम कट्टेल लगायतले मन्तव्य राखेकाको कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर