Aamsanchar

जलथललाई हराउँदै काँकडभिट्टा फाइनलमा

Author Image
बिहिवार, असोज २५, २०७५

बिर्तामोड ।

काँकडभिट्टा फुटबल स्पोर्टिङ क्लब बिर्तामोडमा जारी १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा जलथल फुटबल क्लबलाई २–० गोलअन्तरले पाखा लगाउँदै काँकडभिट्टाले अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको हो ।

बिर्तामोड–२ चारपानेस्थित अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा काँकडभिट्टाका तर्फबाट दुबै गोल कप्तान पर्शु राईले गरे । उनले दोस्रो हाफको १२औँ र २८औँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन् । राई खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले नगद दुई हजार रुपैयाँ प्राप्त गरे ।

यसअघिको खेलमा भने काँकडभिट्टा सताक्षीधाम स्पोर्टिङ क्लब झिलझिलेसँग ३–१ ले पराजित भएको थियो । तर, झिलझिलेले १६ वर्षभन्दा माथिका खेलाडी खेलाएको भन्दै काँकडभिट्टाले छानविनका लागि आयोजकसामु निवेदन दिएको थियो । झिलझिलेले आवश्यक प्रमाण उपलब्ध गराउन नसकेपछि आयोजकले काँकडभिट्टालाई नै विजेता घोषित गर्दै सेमिफाइनलमा पु¥याएको थियो ।

प्रतियोगिताअन्तर्गत शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलमा दमक स्पोर्टिङ क्लब र कलम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था हाम्रो एकता युवा समाजका सचिब लक्ष्मीप्रसाद घिमिरेले बताए ।

२८ असोजसम्म सञ्चालन हुने प्रथम बिर्तामोड ‘अण्डर सिक्स्टीन’ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा झापाका उत्कृष्ट ८ टीमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष किरण पौडेलले जानकारी दिए । खेलले युवामा स्वस्थ प्रतिस्पर्धी भावनाको विकास गराउने भएकाले दशैँको अवसर पार्दै खेलको आयोजना गरिएको अध्यक्ष पौडेलको भनाइ छ । खेलको बिजेता टिमले नगद ३५ हजारसँगै कप, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै उपविजेताले २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट फरवार्डलाई समेत नगद ३ हजार पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । हाई स्कोरर र म्यान अफ टुर्नामेन्टलाई नगद ४ हजार प्रदान गरिने सचिव घिमिरेले जानकारी दिए । प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार नगद पुरस्कार दिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर