Aamsanchar

सुमित पाठकलाई जिताउन देश विदेशवाट अभियान शुरु

Author Image
शुक्रवार, असोज २६, २०७५

                                                                                                                               तीर्थराज खरेल

नेपाल आइडल सिजन–२ मा प्रतिष्पर्धा गरिरहेका झापा कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी सुमित पाठकलाई जिताउन झापा र काठमाण्डौमा अभियान शुरु गरिएको छ । 
वर्तमान प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला समेत रहेको सुमितको गृह जिल्ला झापामा युवा समाजसेवी कुमारमणि पोखरेलको संयोजकत्वमा सुमित पाठक जिताऊ अभियान गठन गरिएको छ । सुमितको विजयका लागि अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष दिनेशकुमार पोखरेल, वरिष्ठ ज्योतिष सन्तोष वशिष्ठ, चर्चित हेयर स्टाइलिष्ट निलडेबिड कटुवाल, चर्चित संगीतकार बसन्त सापकोटा, चलचित्र निर्माता राजेश घतानी, हास्य कलाकार विल्सनविक्रम राई लगायतका व्यक्तित्वहरु लागीपरेका छन् । नेपालीहरुको बसोबास रहेको जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, भारत, यु.ए.ई., जर्मनी, अष्ट्रेलिया, इजरायल, कतार लगायतका देशहरुमा समेत सुमित पाठकलाई जिताउनका लागि समितिहरु निर्माण भएका छन् ।

सुमित पाठकलाई जिताउन गठन भएका सबै अभियान तथा उपसमितिहरुलाई संयोजन गर्ने मुख्य अभियन्ता सुनिल भेटवालले हाल टप टेनमा परेका सुमितले हालसम्म पनि प्रतिष्पर्धीहरुमध्ये सबैभन्दा बढी भोट ल्याइरहेको र यही क्रममा अघि बढ्ने हो भने सुमित नेपाल आइडल हुने विश्वास व्यक्त गरे । सुगम संगीतमा मात्र सुमितको दख्खल छैन, उनी आधुनिक, ¥याप, पप, रक, लोक, शास्त्रीय, गजल सबै विधामा उत्तिकै सहजताका साथ गाउँछन् । अत्यन्त मिठो आवाजका धनी १९ वर्षीय सुमितले कनकाई माध्यमिक विद्यालय सुरुङ्गाबाट ३ वर्षअघि प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेका हुन् । संगीतमा पनि चाख राख्ने सोही विद्यालयका विज्ञान शिक्षक तुलसीराम खरेलको विचारमा सुमित नेपाल आइडलको ताज पहिरिने सक्षम र उचित पात्र हुन् । सबै प्रकारका बाजा बजाउन र आफै बाजा बजाएर गाउन पनि सिपालु सुमित स्वर सम्राट नारायण गोपाल, सत्य–स्वरुप, जगजित सिंह, गुलाम अलीका गीतहरु उत्तिकै सुमधुर रुपमा गाउन सक्छन् । उनका गायनमा फरकफरक विशेषताहरु भएका कारणले संगीतभित्रकै बहुप्रतिभा उनमा देखिन्छ ।

झापाको लगभग मध्य भाग भएर बहने पवित्र कनकाई नदीको पूर्वी किनारमा सचेत र शिक्षित मानिसको बसोबास भएको बन्दमुक्त शान्तिक्षेत्रको रुपमा देशभित्र र देशबाहिर प्रसिद्धि कमाएको सुरुङ्गाको ठिटोको आवाज राष्ट्रिय सञ्चार माध्यमबाट गुञ्जँदा र प्रसारण हुँदा कनकाई नगरवासीकको छाती गर्वले फुलेको छ । कर्णप्रिय आवाजका धनी सबै प्रशंसकहरुका प्रिय सुमितलाई नेपालको दोस्रो नेपाल आइडल बनाउन सबै पक्षको भौतिक, नैतिक, आर्थिक सबै खाले सहयोगको खाँचो रहेको छ ।
यसै वीच सुमितलाई जिताउन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सबैसँग अपिल गरेका छन् । झापाको सुरुङ्गामा भएको सुमित पाठक जिताउ अभियानको कार्यक्रममा बोल्दै मेयर पोखरेलले सुमित सबै कनकाई नगरवासी र झापावासीकै शान भएकाले उनलाई सहयोग गर्न सबैसँग अनुरोध गरे । पोखरेलले सुमितले कनकाई नगर र झापाको नाम उच्च राख्नेमा आफू आशावादी रहेको बताए । उनले सुमित झापाली माटोका उत्पादन भएकाले उनलाई विजय गराउनु सबै झापावासीको दायित्व हुने बताए । सुमित अब मुलुककै सम्पत्ति भएको पोखरेलको विचार थियो ।

सोही कार्यक्रममा सुमितका पिता, कनकाई माविका पूर्व संगीत शिक्षक तथा संगीत साधक धुब्रप्रसाद पाठकले सुमित आफ्नो मात्रै छोरा नभएर सारा झापावासी, पूर्वाञ्चलवासी र संगीतप्रेमीहरुको छोरो भएको बताए । उनले आफू र आफ्नो परिवार निरन्तर संगीतमार्फत देश र समाजका लागि जीवनभर समाज र देशकै भलोमा लागीरहेका र लागीरहने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल आइडल देशकै ठूलो कार्यक्रम भएकोले यसमा आफ्नो मात्रै क्षमताले केही नहुने भन्दै सहयोगका लागि सबैसँग आग्रह गरे ।
सुमित पाठक जिताऊ अभियानका संयोजक एवम् कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले सुमित पाठक अब सबैको आइडल भएकाले सबैले तन, मन र धनले सहयोग गरी उनलाई नेपाल आइडल बनाउनुपर्ने धारणा राखे । सो कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले झापा र देशभरका सबै उद्योगी व्यवसायीहरु सुमित पाठकको पक्षमा रहेको बताए । अध्यक्ष भट्टराईले हाम्रालाई भन्दा पनि राम्रालाई हामीले सहयोग गर्ने हो र सुमितको गायकी अति उत्तम रहेका कारण उनलाई आइडल बनाउन सबैको साथसहयोग आवश्यक रहेको बताए । कार्यक्रममा चर्चित गीत ‘मुटु माग्यौ तिमीले’ का रचनाकार तथा राष्ट्रिय खेलाडी गजेन्द्र ताम्लीले सुमितको क्षमतामा कुनै शंका नरहेकोले अब भोटकै कारण नेपाल आइडल नहुने वातावरण बनाउन नहुनेमा जोड दिए । सो कार्यक्रममा प्यारागन एकाडेमीकी अध्यक्ष चम्पा सुवेदी, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष शिवकुमार कँडेल लगायतले सुमित पाठकको सीप र क्षमताका बारेमा बोलेका थिए । सो अवसरमा सुमितको बारेमा सुमित पाठक जिताऊ अभियानका अभियन्ताहरु युवा नेता सुनिल भेट्वाल र सञ्चारकर्मी गौरव पोखरेलद्वारा बनाइएको लघु भिडियो समेतको प्रस्तुत गरिएको थियो ।

सुमितका दौंतरीहरुले उनको समर्थनमा भिन्नै अभियान पनि सञ्चालन गरिरहेका छन् । उनीहरु भन्छन्, ‘साथी, आजसम्म तिमीले हाम्रा निम्ति गीत गायौ, पछि पनि हाम्रा लागि र सिंगै मुलुकवासीका लागि गीत गाउनेछौ, तिमीले सकेजति दिइरहेका छौ, अब यतिबेला दिने पालो हाम्रो छ, हामी तिमीलाई जिताउन आफ्नो सारा शक्ति लगाउने छौं ।’ सुरुङ्गाको आवाज आज नेपाल र विदेशमा पनि गुञ्जिन शुरु गरेको छ । जति दिन बित्दै जाँदैछ, त्यति नै सुमितका प्रशंसक र शुभचिन्तकहरु बढ्दै गएको सुमित पाठक जिताऊ अभियानका सदस्य एवम् कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्यामप्रसाद ओलीले बताए । १० वर्षकै कलिलो उमेरमा आफ्नी ममतामयी माता गुमाएका सुमित सानैदेखि गीत र संगीत भनेपछि हुरुक्क हुन्थे । आमाको निधनपछि उनको जीवन त्यति सुखद नरहेको उनी बारम्बार दोहो¥याउँछन् आज पनि । आमाको निधनको चोट अहिले पनि उनले बिर्सन सकेका छैनन् । त्यस कारण पनि उनी संगीतमा चुर्लुम्म डुब्न थालेका हुन् र आज उनी गीत–संगीतलाई नै जीवनको मूल पेशा बनाउने मार्गमा अग्रसर भइरहेका छन् ।
विद्यार्थी जीवनमै उनले धेरै स्टेज कार्यक्रममा कर्णप्रिय आवाजमा आफ्नो प्रस्तुति राखिसकेका थिए । सानैदेखि मन छुने गीतहरु गाउने सुमित भविष्यमा एक होनहार गायक बन्नेमा संगीतका पारखीहरु धेरै अघि देखि नै आशावादी थिए । सांगीतिक आकाशका उदीयमान तारा सुमितको त्यो सपना अहिले पूरा हुने दिशातर्फ गइरहेको कनकाई सुरुङ्गा प्रेस क्लबकी उपाध्यक्ष संगीता उप्रेतीले बताइन् । सुमितले आफूलाई सांगीतिक बिधामा अपार माया गर्दै आउनु हुने अनन्य शुभचिन्तकहरुको मायाप्रेम, सद्भाव, सहयोग निरन्तर रहिरहनेमा पूर्ण विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 322

प्रतिक्रिया (०)

सम्बन्धित खबर