Aamsanchar

पूर्व शिक्षकबाट विद्यालयलाई १२ लाख सहयोग

Author Image
शुक्रवार, असोज २६, २०७५

बागलुङ, 

जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीको एक विद्यालयलाई पूर्व शिक्षकले रु १२ लाख नगद सहयोग प्रदान गर्नुभएको छ ।

लेखानी माध्यामिक विद्यालय लेखानीका पूर्वशिक्षक लालकुमारप्रधान श्रेष्ठले विद्यालयलाई नगदसहितशैक्षिक सामग्री सहयोग गर्नुभएको हो । “आफूले अध्यापन गराएको विद्यालयको स्मरणसहित विद्यालयको उन्नति प्रगतिको कामना गर्दै विभिन्न शैक्षिक सामग्रीसहित नगद सहयोग गरेको छु”, श्रेष्ठले भन्नुभयो, “ विद्यालयलाई निरन्तर सहयोग गर्ने योजनामा छु ।”

श्रेष्ठले पटक–पटक गरेर विभिन्न शैक्षिक सामग्रीसहित रु १२ लाख नगद सहयोग गर्नुभएको विद्यालयका प्रअ खिमानन्द कँडेलले बताउनुभयो । सहयोग हस्तान्तरणपछि पूर्व शिक्षक एवं सहयोगदाता श्रेष्ठले आफू जन्मेको ठाउँको विकास र शैक्षिक सुधारका लागि सक्दो सहयोग गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष सूर्य कँडेलले भन्नुभयो, “उहाँले प्रदान गरेको सहयोग विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्नमा उपयोग हुनेछ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)