Aamsanchar

बिर्तामोडमा डाण्डिया नाच

Author Image
शुक्रवार, असोज २६, २०७५

झापा।

पूर्वमै पहिलो पटक झापाको बिर्तामोडमा डाण्डिया नाच देखाइने भएको छ ।

नवरात्रमा मात्र नाचियो यो नाच बिर्तामोडको अग्रसेन भवनमा असोज २९ गते सोमवार साँझ देखाइने भएको हो ।

मारवाडी युवा मञ्चले आफ्नो संस्कार र संस्कृतिको संरक्षणका लागि कलकत्ताबाट कलाकार झिकाएर यो नाच देखाउन लागिएको शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

डाण्डिया भनेको मारवाडि समुदायका महिलाहरुले लाठी ठोक्काउदै नाँच्ने नाँच हो । भारतको राजस्थान र गुजरातको संस्कृति अनुसार मनाइने डाण्डिया नाँच नेपालमा पनि खासगरी मारवाडी बाहुल्यता क्षेत्रमा मनाउने गरिन्छ ।

डाण्डिया एण्ड गर्वा नाइटका लागि भारतबाट १५ देखि १८ जना कलाकारको टोली बिर्तामोड आउने कार्यक्रम रहेको कार्यक्रम संयोजक कृष्ण अग्रवालले जानकारी दिए । कार्यक्रममा तीन सय सहभागीले डाण्डिया एण्ड गर्वा नाइटमा भाग लिने बताइएको छ ।

पत्रकार सम्मेलनमा मारवाडी युवा मञ्चका अध्यक्ष दिपक मित्तल र महासचिव प्रविण अग्रवालले कार्यक्रमका बिषयमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर